मतदाताको मनोविज्ञान

नवराज राइ

22555244_1535846033129013_4765987393172606226_n
नवराज राइ

राजाको शक्रियतामा भएको निर्वाचनको कुरा छाडिदिने हो भने जनताहरु खुलेर यो वा त्यो दलको समर्थन गर्थे | खैर जनताको इतिहास नलेखिएकोले हामि पुर्ण रुपमा जानकार छैनौ | सुनेका र केहि देखेका पनि छौ कि दल फरक पर्यो भने वल्लो घर पल्लो घर पनि बोलचाल बन्द हुन्थ्यो आत्मियताको कुरै छोडौ |

मतदाता हरु अधिक मात्रामा खुल्थे | यो त्यो पक्ष भनेर बिबाद नै हुन्थ्यो | बिकाश निर्माणका कुरा कम हुन्थे तर राजनैतिक सिद्धान्तको दार्शनिक र व्याबहारिक पक्षको खुलेर बहस हुन्थ्यो | बिकाश सिद्धान्तको दार्शनिक पक्ष भनेकै राजनैतिक हुने गर्थ्यो | जसले राजनीतिको ”बनारसी बाम” सिद्धान्त जान्दथ्यो त्यो नि त्यस बेलाको “हिरो” हुन्थ्यो | “दक्षिण पन्थी” हरु पनि “बनारसी पान” सिद्धान्तलाई समाजबाद भन्थे | यहि शहरको बिचार गाउका शिक्षकले लग्थे र मत बटुल्थे |

तर अव त्यो समय रहेन | मतदाता हरु उमेद्वार संग कसरि बढि भन्दा बढि मतदान अगाडि नै आफ्नो र आफ्नो समुदाएको  स्वार्थ हाता हाती पुरा गर्ने भन्नेमा लाग्न थाले | अझ चाख लाग्दो कुरा चाहि के छ भने जुन दलको उमेद्वार आए पनि सहजै स्वीकार गरिदिने प्रवृति छ |

नखुल्नुको कारण

कुनै समय धरानमा गोरे बहादुर खपांगी यस क्षेत्रमा निर्वाचन लडेका थिए | उनको पछाडि समर्थकको भिड देख्दा एमालेका उमेद्वार निरास वनेका थिए | लाहुरेको त्यस बखतको जनसंख्याको लगभग ६० प्रतिसत हिस्सा उनकै समर्थक थिए | निकै प्रखर बक्ता र जोसिला गोरे बहादुर यति गर्दा पनि चुनावमा हार वेहोरे |  हारे मात्र होइन निकै ठुलो मत अन्तरले हारे | जबकि उनको एक सहयोगीका अनुसार उमेद्वार मनोनयनका लागि भेला भएका समर्थकको जुलुसको अगाडिको मानिसहरु भोटेपुल पुग्दा पछाडिका मानिसहरुको ताती छाता चौक सम्मै थियो | शायद त्यस बखत उनका अभियन्ता र उनलाई पनि हार्छु भन्ने लागेकै थिएन |

हार्दा पनि गुम्ने जित्दा पनि गुम्ने

खुलेर हिडेका नागरिकहरु जहिले दुवै तरिकाले हार्ने गर्छन | आफ्ना समर्थित उमेद्वार हारे भने केहि दिन मन अमिलो पारेर लुकेर बस्नु पर्ने हुन्छ | निश्किएको केहि दिन जितेकाको सान र मानले पनि मन भत भति पोल्छ नै | यति मात्र होइन नेपालि राजनीतिमा हार्नु भनेको आफ्नो भाग्य खोसिनु पनि हो | आफ्नो वृति बिकाश, पेशा, ब्याबशाय र व्यापारमा पनि ठुलो धक्का लाग्ने पक्का हुन्छ | यी सबै कुरामा नेपालि राजनीति हावी भएको कुरा प्रष्ट छ |

आफु समर्थित दलले जित्दा केहि दिन केहि वर्ष खुसि हुनु स्वाभाविक छ | तर, देशको आर्थिक र सामाजिक क्रियाकलाप यस्तो विषम छ कि नागरिकको बिकाश प्रतिको आकांक्षा कुनै उमेद्वार जितेर गए पछि थोरै तिनो पनि पुरा गर्न निकै गाह्रो छ | बिस्तारै सबै नागरिकको मोह भंग हुदै जान्छ | फलस्वरुप: समर्थक निराश हुनु पर्ने बाध्यता आइ पर्छ | यी त भए परिस्थितिको बिषय. यी बाहेक पनि मतदाताले बिजेता आफ्ना उमेदवारलाई बर्षौ पछि हेर्न सम्म पाउछन गफ गर्ने फुर्सद उ संग हुदैन |

धरानको लाहुरे अहिले सम्म मुलधारमा नआउनुको कारण पनि यहि हो | अहिले सम्म गोरे बहादुरका समर्थक लाहुरेहरु र उनका सन्तति  सरकारी कार्यालय संग निकै नै टाढा छन् |

जातिय सहिष्णुता

जाति, बंस, र नस्ल प्रकट नभए पनि आम मात्रामा सिद्धान्त भन्दा निकै माथि हुने गर्छ | यो कुरा चाइनाको राष्ट्रपति सी जिंग पिङ्गका आफन्तले अथाह सम्पति कमाए बाट पनि प्रष्ट हुन्छ | अधिकांस मतदाता आफ्ना र आफन्तको कुरा काट्न अप्ठेरो परिरहेको हुन्छ | तसर्थ आस्था एकातिर र मतदान अर्को तिर गर्नु पर्दा समर्थनमा खुल्न सक्दैन | यसमा मतदाताहरु कसैको आफन्तको समर्थन गरेर जातिय भएको आरोप लागोस भन्ने चाहदैनन |

 

Voters

स्वालाम्वी र स्वाभिमान: कर्ममा विश्वास

राजाको पालामा हुकुम प्रमांगी निकै नै चल्थ्यो | यो क्रम कानुनि नभए पनि राजनैतिक बैधता प्राप्त गरेर निरन्तर रह्यो | नेतृत्व र प्रशासनिक पहुच भएको कमजोर उमेद्वार पनि अवसर पाउने भए तर सामान्य समर्थक रहेका उत्कृष्टको पनि अक्षमको रुपमा रहनु पर्ने कारणले अधिकांस मानिस कुनै दलका लागि खुल्न चाहदैनन | बरु क्षमता बिकाश गरेर समानान्तर छबि बनाउन मेहनत गरिरहेका छन् | खुलेर समर्थन जनाए पछि दलको ट्याग लाग्ने भएकोले पनि केहि वर्ग गुमनाम रहन मन पराउछन | यो देशको लागि सकारात्मक प्रभाव पनि हो |

बिकाशमा सचेत

धेरै जनतालाई जित्ने उमेद्वार छुट्याउन सकस परेको हुन्छ | त्यस्तो जानकारी नभए पछि समर्थन र बिरोध गरेर मतदाता हरु धेरै जोखिम मोल्न चाहदैनन् | कमजोर उमेद्वारको समर्थन गरेर आफ्नो समुदायको बिकाशमा पर्ने बाधा प्रति मतदाताहरु निकै नै सचेत हुने गरेका छन् |

दलिय राजनीति प्रति निराश

दलको नेतृत्व घमण्डी र भ्रष्ट भएकोले पनि समाजको केहि तप्का दलहरुको अभियान प्रति निरास भएका छन् | चुनाब जितेर गए पछि जनतामा नफर्किने र फर्किए पनि गुनासा हरु नसुन्ने जस्ता घमण्डी कार्य भएको देख्न सकिन्छ | सताको खेलको कारणले पनि जनताको काम महत्वपुर्ण नभएको हुन सक्दछ तर यसबाट परिणाम त्यति राम्रो आइरहेको छैन |

यसैगरी स-साना काममा पनि कि आफन्त नै हुनु पर्ने नत्र पैसाको चलखेल प्रष्ट देखिएकोले नेतृत्वको लागि नागरिक हरु खुलेर आउन सकेका छैनन |

मतदान

नखुले पनि मतादाताहरु मतदान गर्न निकै उत्साही देखिएका छन् | केहि मतदाताहरु गोप्य रुपमा उमेदवारलाई घरमै बोलाएर आफ्नो समर्थन जाहेर गर्ने गरेका छन् | केहि त्यस्ता मतदाताहरु हुन्छन जसलाई निर्णायक मतदाता पनि भन्ने गरिन्छ, उनीहरु  मत “खेर” जान नदिन जित्ने उमेद्वार लाइ भोट हाल्छन |

मतदातालाई प्रभाब पार्ने अभियान

राजनैतिक दलहरुको अभियान मतदाताको मनोविज्ञानलाइ प्रभाव पार्ने गरि हुने गर्दछ | तथापि कस्तो अभियानले मतदातालाई प्रभाव पार्ने गर्दछ भन्ने कुरा चाहि देशको सामाजिक, शैक्षिक र आर्थिक अवस्थाले फरक गरेको हुन्छ |

त्यहि अन्तरबिरोधबाट जनमत आफ्नो पक्षमा ल्याउन दलहरुले केहि आधारभूत कुराहरु पक्रिदै आफ्नो रणनीति बनाएका हुन्छन | चुनाब जित्ने रणनिति बिषयमा थुप्रै खोज भए पनि मलाइ रुसका राजनैतिक र अन्तराष्ट्रिय सम्बन्ध संग सम्बन्धित खोजकर्ता जे. ब्रियन ओ’डे (J. Brian O’Day) को रणनिति नै चित बुझ्दो लागेकोले उनका ६ वटा प्रक्रियालाई समावेस गरेको छु :

१. निर्वाचन क्षेत्रको पुर्ण अनुसन्धान र खोज

२. चाहिएको मतको लक्षको रणनीति तयार गर्ने

३. लक्षित मतदाताको विश्लेषण गर्ने

४. अभियानको संदेश तयार गर्ने

५. मतदाता भेट्ने योजना बनाउने

६. त्यो योजना अनुसार कार्यक्रम तालिका बनाउने

यी रणनीति स्केलेटल मात्र हो | यहा भित्र अनेक चलखेल हुने पक्का छ |

नेपालि सन्दर्भको मत प्रभाव पार्ने कला:

पहिले प्रभाव पार्ने तत्व: नेपालि समाजमा सहिष्णुता छ भन्नुको मतलव मत पनि त्यहि जालोमा छ | छर-छिमेक, धार्मिक अनुष्ठान, पर्म, सापटी, मलामी, भोज भतेर आदि जस्ता समूह र समुदायको मत नै नेपालका दलहरुले प्राप्त गर्ने हो |

दोस्रो: जागिर, चेला, गुरु हरुको साइनो पनि मतको आधार हो |

तेस्रो: डर, धाक, त्रास माया, मोह,प्रेम, जाल झेल, कपट, घृणा हरु बाट पनि मत प्रभाव परेको देखिन्छ |

चौथो: मुद्धा, बिकाश, नेतृत्वको ब्याक्तित्व, उसको अनुभव. शिक्षा, पारिवारिक सम्बन्ध, राजनैतिक क्षमता, नागरिक को पहुच र दृष्टिकोण जस्ता बिषयहरु अन्तिममा र कम प्राथमिकतामा पर्छन |

नेपाल मात्र होइन बीकाशोन्मुख अधिकांस देशमा मतदाताको  मनोविज्ञान प्रभाव पार्ने १ देखि ३ सम्मको तत्वहरुको भूमिका महत्वपुर्ण हुने गरेको छ |