एमाले नेता एबम खेलकुद अध्यक्ष राइको अचानक मृत्यु

धरान/जिल्ला खेलकुद बिकाश समिति सुनसरीका अध्यक्ष धनप्रसाद राईको शनिबार बिहान मृत्यु भएको छ ।

Dhan dai

शनिबार बिहान झिसमिसेमै मर्निङवाक निस्केका राई वीपी सुन्दर बजारको सार्बजनिक सौचालय छेउमा शनिबार बिहान करिब ४ बजे ढलेको अबस्थामा फेला परेका उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पु¥याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । नेकपा एमाले धरान उप-महानगर सङगठन कमिटिको उप-सचिब समेत रहेका राई सुगर र प्रेशरका बिरामी थिए ।

उप-महानगर अध्यक्ष एवं मेयर पदका उमेद्वार तारा शुब्बाका अनुसार राईको अन्तिम संस्कार शनिबार नै गरिने भएको छ । सुब्बाका अनुसार नागरकिले श्रद्धान्जली दिन पाउन भनि अन्तिम संस्कार अगाडी धरान १७ को रेल्वे चौक तथा एमाले पार्टि कार्यालय अगाडिको श्रदाञ्जलीका लागि शब राखिने भएको छ ।

राइको फेसबुक लिंक : https://www.facebook.com/dhanprasad.rai.71

बिराटनगर महानगरका मेयर पदको एमालेको उमेद्वार बिनोद ढकालको संक्षिप्त जिबनी

Binod Dhakal

राजनीतिक तथा औद्योगिक नगरीको रुपमा परिचित विराटनगर महानगरपालिकामा नेकपा एमालेले जिल्ला अध्यक्ष विनोद ढकाललाई मेयरमा उठाउने निर्णय गरेको छ । लामो सकसपछि पार्टीले उम्मेद्वार चयनगरेपछि ढकालको चर्चा चुलिएको छ । एमालेवाट मेयरका आकाँक्षी अन्य भएपनि अन्तयमा ढकालले बाजी मार्नु भयो । वार्ड कमिटीदेखि सिफारीस हुँदै नगर, क्षेत्र, जिल्ला,प्रदेस र अन्तयमा एमाले स्थाई कमिटीले उम्मेद्वारको टुङ्गो लगाएको हो । लामो सयदेखि विराटनगको राजनितिमा सक्रिय ढकाल विषेशगरी विकासको भिजन भएको स्थानीय नेताको रुपमा चिनिनु हुन्छ भिजन भएका एमालेका नेता रुपमा चिनिने ढकालले आफु मेयर भएको अवस्थामा विराटनगरलाई स्मार्ट सिटी वनाउने योजनालाई साकार पर्ने वताउनु भयो । पार्टीले मलाई मेयरका उम्मेद्वारको रुपमा अघि सारेर भोलीका दिनमा मेयर भएर काम गर्ने जिम्वेवारी दिएको छ त्यसलाई आत्मासाथ गरी विराटनगरको आर्थिक र सामाजिक विकासको प्रत्यक्ष अनुभव नगरवासीले महशुस हुने उहाँले बताउनु भयो ।

 

याङ्पाङ्देखि मेयरको उम्मेद्वार सम्म

 

वि.स.२०२५ साल चैत्रमा भोजपुरको याङपाङमा जन्मिनु भएका ढकाल वि.स.२०४१ सालदेखि विराटनगरको राजनीतिमा सक्रिय हुनुहुन्छ । स्थानीय शारदा माविबाट एसएलसी उत्तीर्ण गरि विराटनगर आउनु भएका ढकालले वीएल सम्मको अध्ययन गर्नुभएको छ । एमाले अखिलको मोरङ जिल्ला अध्यक्ष हुँदै वि.स.२०५० सालमा संगठन विभाग प्रमुख हुनु भएका ढकाल वि.स.२०५५ सालमा केन्द्रिय उपाध्यक्ष सम्म हुनुभयो । वि.स. २०६६ र वि.स.२०७३ मा उहाँ निर्वाचित जिल्ला अध्यक्ष हुनु भयो । वि.स. २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टीको पराजय भएपछि उहाँलाई जिल्लाको कार्यवहाक सचिवको जिम्मेवारी दिईएको थियो । २०७० सालमा आईपुग्दा एमालेले पुरानो शाख फर्काउन उहाँको योगदान भएको एमाले नेता तथा कार्यकर्ता बताँउछन् । भोजपुरको विकट गाउँबाट विराटनगर आउनु भएका ढकालले वि.स. २०४६ सालको जनआन्दोलनमा विराटनगरमा विद्यार्थीको तर्फबाट अग्रगामी भूमिका निर्वाह गर्नु भयो । २०६२-०६३ को जनआन्दोलनमा विराटनगरमा उहाँले अग्रमोर्चामा रहेर आन्दोलनको नेतृत्व गर्नु भयो । विराटनगरका हरेक आन्दोलनमा उहाँको महत्वपूर्ण भूमिका रह्यो । विराटनगरलाई महानगरपालिका बनाउने अभियानमा सवैभन्दा पहिले पार्टी भित्रबाट निर्णय गर्ने एमाले नै हो । यसमा पनि उहाँको योगदान महत्वपूर्ण छ । उहाँले उत्पादन गरेका सयौं नेताहरु अहिले स्थानीय तहमा उम्मेदवार बनेका छन् । कतिपय भने यसअघिको चुनावमा विजयी समेत भएका छन् । मोरङ जिल्लामा दुई पटक निर्वाचित पार्टी अध्यक्ष हुनुभएका ढकाल एमाले भित्र ‘भिजन’ भएका र सवैलाई मिलाएर लैजान सक्ने नेताका रुपमा परिचित हुनुहुन्छ ।

प्राथमिकता

भर्खरै बिराटनगर महानगरपालिका घोषणा भएको छ । नाममा घोषणा भएको बिराटनगर शहरलाई साच्चिँकै विकासको पूर्वाधारयुक्त शहर निर्माण गर्ने लक्ष्य राखेको ढकालको छबिराटनगरलाई बेरोजगार रहित सहर बनाउने र यसका लागि अत्याधुनिक औद्योगिक क्षेत्र निर्माण गर्ने मेरो प्राथमिकता रहन्छ । उहाँले भन्नु भयो यसकालागि निर्वाचित भएकै दिनबाट काम थाल्ने बताउनु भयो । बिराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने, ग्रेटर रिङरोड निर्माण गर्ने, क्लिन सिटी बनाउने, व्यवस्थित शहर, शिक्षा, स्वास्थ्यको हब बनाउने ढकालका योजना छन् । बिराटनगर एक नम्बर प्रदेशको आर्थिक मात्रै नभएर प्रशासनिक राजधानी पनि हो । उहाँले भन्नु भयो –‘एक नम्वर प्रदेशको राजधानी बिराटनगरलाई बनाउन पहल गर्नेछु ।’ यति मात्र हैन, अग्रणी औद्योगिक, व्यापारिक नगरका रुपमा मुलुककै नम्वर एक सिटीका रुपमा यसलाई विकास गर्ने मेरो लक्ष्य छ । बिराटनगरको रानीदेखि किमाथाङ्का नाकासम्मको सडक छिटै निर्माण सम्पन्न गरी चीन र भारतको व्यापारिक नाकाका रूपमा बिराटनगरलाई विकास गरी औद्योगिक नगरको पहिचानलाई अझ वढुवा दिने लक्ष्य रहने ढकालले सुनाउनु भयो । उहाँले बिराटनगर शहरको पूर्वमा केसलिया खोला र पश्चिममा सिगिंया खोलालाई व्यवस्थित गरी सिचाईंको प्रवन्ध गरी यस क्षेत्रमा अन्नबाली उत्पादनलाई टेवा पुर्याउने बताउनु भयो । त्यसैगरी बिराटनगर पौराणिक शहरका रुपमा परिचित छ । बिराटनगरको थप विकासका लागि बिराट राजाको दरबारलाई व्यवस्थित गरी धार्मिक पर्यटनको विकास गर्ने मेरो योजना छ । उहाँले भन्नु भयो –‘स्पस्ट योजनाका साथ हामीसँग काम गर्ने योजना छ त्यसैले निर्धक्क भोट दिनुहोस ।’Binod Dhakal.

 

 

अत्याधुनिक सभा गृह, चक्रपथ, हवाई मैदान , वस पार्क, किराताकालीन दरवार सहितको समृद्ध धरानको खाका भएको नेकपा एमाले धरानको स्थानिय घोषणा पत्रको पुर्ण अंश

UML_Dharan_ManifestoUML_Dharan_Manifesto

प्रतिबद्धता पत्र-२०७४ स्थानीय निर्वाचन धरान Dharan

धरानको भाबि मेयरको रुपमा चर्चाको सिखरमा रहेका तारा सुब्बाको ब्याक्तिगत र राजनैतिक पृष्ठभुमि:

धरानका चम्किला ताराTara

 

आज भन्दा ५१ बर्ष अघि २०२३ साल माघ १८ गतेका दिन पहाडी जिल्ला तेह्रथुमको खाम्लालुङ गाविस ८ स्थित एक किसान परिवारमा तारा सुब्बाको जन्म भएको थियो । बुबा अजिरसिंह लिम्बु र आमा कुलमाया लिम्बुको ४ छोरा र ३ छोरीमध्ये कान्छा छोराकोरुपमा उहाँले धर्तीमा पाइला टेक्नु भएको थियो ।

किसान परिवारमा जन्मनु भएका तारा सुब्बाले जीवनको अनेकौ उतारचढाव र संघर्षका खुटकिलाहरु पार गर्दै अहिले धरानमा चम्किलो ताराकोरुपमा चम्किरहनु भएको छ । धरानमा तारा सुब्बालाई नचिन्ने सायदै कोही होलान् । अझ राजनीतिक वृत्तमा त उहाँ एक निष्ठावान, बोल्ड निर्णय लिनसक्ने, प्रष्टवक्ता र कुशल नेताकोरुपमा परिचित हुनुहुन्छ । नेकपा एमालेको धरान उपमहानगर कमिटिलाई तेस्रो पटक अध्यक्षकोरुपमा कुशलतापुर्वक हाँकिरहनु भएको छ भने नेपालमा २० बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकोतर्फबाट मेयरको उम्मेद्वार हुनुहुन्छ । निर्वाचनमा जित हात पारेर धरानमा एमालेको झण्डा फहराउन र जनपक्षीय काम गर्न उहाँ लालयित पनि हुनुन्छ ।

 

राजनीतिमा प्रवेश

 

आफ्नो बाल्यकाल पहाडमै बिताउनु भएका सुब्बाले ३ कक्षासम्म खाम्लालुङको कालिका प्राविमा अध्ययन गर्नुभएको थियो । त्यसपछि भने उहाँ झापाको गोलधापमा कक्षा ४ अध्ययन गर्न झर्नुभएको थियो । ठिक त्यसैबेला नेपालमा पञ्चायती व्यवस्थाविरुद्धको विद्यार्थी आन्दोलन चर्कियो । उहाँ पनि अन्य विद्यार्थीहरुसँगै जुलुसमा सहभागी हुनुभयो । त्यसबेला उहाँको उमेर मात्रै १३ बर्षको थियो । तसर्थ यो भन्न सकिन्छ कि उहाँमा सानै उमेरदेखि राजनीतिक चेतनाको विज अंकुराएको थियो ।

२०३६ सालको विद्यार्थी आन्दोलन पछि अध्ययनको सिलसिलामा उहाँ २०३७ सालमा धरान आउनु भयो । धरानको शिक्षा निकेतन माविमा भर्ना भएर अध्ययन थाल्नुभयो र २०४२ सालमा एसएलसी पनि दिनुभयो । मावि तहमा अध्ययनकै क्रममा शुल्क अत्यधिक वृद्धि भएपछि त्यसकोविरुद्धमा विद्यार्थीहरुले आन्दोलन छेडेका थिए । त्यस आन्दोलनमा सुब्बा पनि सक्रियता पुर्वक सहभागी हुनुभयो, र भाषण नै गर्नुभएको थियो । २०४० सालको त्यस घटना हुदा उहाँ कक्षा ८ मा अध्ययन गर्दैहुनुहुन्थ्यो । त्यसबेला नै उहाँ अनेरास्ववियुको सदस्य हुदै नगर कमिटि सदस्य बन्नुभयो । त्यसपछि राजनीतिमा सक्रिय हुनुभएका सुब्बा थाक्नु भएको छैन । तीन दशक लामो राजनीतिक यात्रामा जति समय बित्दै गयो, उहाँ उतिकै चम्किलो सुर्य भएर धरानको राजनीतिक आकाशमा उदाइरहनु भएको छ । अध्ययनको सिलसिलामा धरान आउनुभएका सुब्बाले धरानलाई आफ्नो कर्मथलो मात्र बनाउनुभएन, यहीको स्थायी बासिन्दा पनि हुनुभयो । उहाँ हाल धरान उपमहानगरपालिकाको वडा नम्बर १७ मा स्थायीरुपमा बसोबास गर्दै आइरहनु भएको छ ।

पहिलो र दोस्रो जनआन्दोलनमा नेतृत्व

 

१३ बर्षकै उमेरमा पञ्चायतविरुद्धको आन्दोलनमा सरिक हुनुभएका सुब्बाले २०४६ सालको जनआन्दोलनमा झनै सक्रियतापुर्वक लाग्नुभयो । निरंकुश पञ्चायती व्यवस्थाकोविरुद्ध लाग्नु ज्यादै जोखिमपुर्ण कार्य थियो । उहाँ २०४० सालमा नै राजाविरुद्ध देशीलाइनमा पम्प्लेटिङ गर्नेक्रममा पक्राउ पर्नुभएको थियो । भानुचौकमा रहेको प्रहरी कार्यालयमा २ दिनसम्म थुनामा पनि बस्नुभयो । जतिबेला जही पनि पक्राउ पर्न सक्ने र पक्राउ पर्दा ज्यानै पनि जानसक्ने खतरा थियो । तर, आफ्नो ज्यानको कुनै पर्वाह नगरी उहाँ प्रजातन्त्रको लागि आन्दोलनमा होमिनु भयो । जोखिम मोल्दै आन्दोलनकारीहरुले विभिन्न गल्ली र चोकहरुबाट सानो समुहमा जुलुस निकाल्ने गर्थे । थोरै संख्यामा भएपनि जुलुसले राजा र पञ्चायतविरुद्ध नारा घन्काउथे, र कुलेलाम ठोक्थे । त्यस्तै आन्दोलनकारी समुहलाई सुब्बाले निकेतन गल्लीबाट नेतृत्व गर्नुभएको थियो । उहाँहरुकै त्याग, वलिदानीपुर्ण कार्यले गर्दा २०४६ सालमा निरंकुश पञ्चायती शासनको अन्त्य भयो, र प्रजातन्त्रको पुनःउदय भएको थियो ।

दरबार हत्याकाण्डमा तत्कालीन राजा विरेन्द्र शाहको वंशनाश भएपछि २०५८ सालमा नाटकीय शैलीमा ज्ञानेन्द्र शाह नेपालको राजा बने । आफु राजा बनेको केही समयपछि नै कु गर्दै शासनसत्ता आफ्नो हातमा लिएर तानाशाही लादे । त्यसविरुद्ध विस्तारै देशव्यापीरुपमा जनता सडकमा उत्रिए । नेकपा एमालेसहितका अन्य राजनैतिक दलहरु पनि धरानमा ज्ञानेन्द्र शाहविरुद्ध सडकमा उत्रियो । उहाँ २०६२÷०६३ को जनआन्दोलनको समयमा संघर्ष समितिको सचिवको जिम्मेवारी पाउनुभएको थियो । अन्ततः ज्ञानेन्द्र शाह जनताको शक्तिसामु झक्न बाध्य भयो, नेपालमा गणतन्त्र आयो ।

 

अखिल, युवा संघ हुदै पार्टी अध्यक्षसम्म

 

२०४० सालमै अनेरास्वयवियु नगर कमिटि सदस्य बनेका सुब्बा २०४७ सालपछि भने युवा  संघको राजनीतिमा प्रवेश गरे । त्यसबेला युवा संघलाई प्रजातान्त्रिक राष्ट्रिय युवा संघ भनिन्थ्यो । संघको नगर कमिटि पछि जिल्ला कमिटि संयोजक हुदै २ पटक जिल्ला अध्यक्ष हुनुभयो भने २ पटक केन्द्रीय सदस्य पनि बन्नुभयो ।

यसैगरी, उहाँ २०४८ सालदेखि नै नेकपा एमालेको धरान नगर कमिटि सदस्य बन्नुभएको थियो, र हालसम्म पनि निरन्तर नगर कमिटिमा बिशेष पदीय जिम्मेवारीका साथ रहनुभएको छ । २०६२÷०६३ को जनआन्दोलनपछि उहाँले सचिवको कार्यकारी पद सम्हाल्ने मौका पाउनुभएको थियो । पार्टीमा नगर सदस्य हुदै उपसचिव, कार्यवाहक सचिव, सचिव हुदै पार्टीमा बहुपदीय प्रणाली शुरु भएपछि अहिले तेस्रो पटक अध्यक्ष बनेर धरान उपमहानगरपालिकामा नेकपा एमालेलाई कुशलतापुर्वक नेतृत्व गरिरहनु भएको छ ।

२०५१ सालमा नेकपा एमालेले स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनाउदा सुब्बाले खेलकुद विकास समिति सुनसरीमा कार्यकारी पद सचिवमा नियुक्ती पाउनुभएको थियो भने २०५४ सालको स्थानीय चुनावमा वडा नम्बर १७ मा वडा सदस्य जित्नुभएको थियो । त्यसपछि जिल्ला विकास समिति सुनसरीमा इलाका नम्ब २ बाट जिविस सदस्य पनि चुनिनु भएको थियो ।

 

 

देश र जनताको लागि राजनीति

 

राजनीतिक दल र नेता भन्नेवित्तिकै जनताको नजरमा भ्रष्ट, पैसा र सत्ता लोलुप नेता भन्ने परेको छ । हुन पनि अधिकांश नेताहरुले यस्तै चरित्र देखाएका छन् । तर, सुब्बाले भने केही पाउनको लागि राजनीति गर्नुभएको होइन । देश र जनतालाई अन्याय, अत्याचारबाट मुक्ति दिलाउनको लागि उहाँ राजनीतिमा होमिनुभएको हो । उहाँले कक्षा ८ मा पढ्दा नै चर्को शुल्क वृद्धिकोविरुद्धमा आन्दोलनमा होमिनुभयो, जसले गर्दा उहाँमा अन्याय, अत्यचार, शोषणाबाट देश र जनतालाई मुक्ति दिलाउनुपर्छ भन्ने भावना जगाइदियो । त्यही भावनालाई आत्मसात गर्दै उहाँ अहिलेसम्म निष्ठापुर्वक राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँको परिवारमा एक छोरा र श्रीमति हुनुहुन्छ, दुवै जना आर्थिकरुपमा सवल हुनुहुन्छ । तसर्थ, उहाँमा केही पाउने, कमाउने भन्ने लोभलालच छैन । आफ्नो सम्पुर्ण जीवनलाई देश र जनताको लागि सर्मपण गर्नुभएका सुब्बालाई यसमा कुनै पछुतो पनि छैन ।

अहिलेसम्म जे जति गर्नुभएको छ, र गरिरहनु भएको छ त्यसबाट उहाँ सन्तुष्ट नै हुनुहुन्छ । थप जिम्मेवारी पाएमा इमान्दारीताको साथ पुरा गर्ने उहाँको अठोट छ । धरानलाई केन्द्र बनाएर राजनीति गरिरहनु भएका सुब्बा धरान र धराने जनतालाई कसरी समृद्ध बनाउने भनेर चिन्तन गरिरहनु भएको छ ।

 

धरानमा एमालेको योगदान र भावी योजना

 

धरानलाई जनसहभागीताको नमुना शहर भनेर नेपालमै चिनाउने काम नेकपा एमालेले गरेको हो । धरानमा २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा जित हासिल गरेपछि लिएको नीति र कार्यक्रमले नै आधुनिक धरानको जग बसालेको हो । एमालेको नेतृत्वमा नगरपालिकाले ६०÷४० को जनसहभागिताको नीति लियो, र मृत शहरबाट समृद्ध शहरको बाटोमा डोर्यायो । धरानमा सफा पक्की सडक बन्यो, सडकको मापदण्ड तोकियो । व्यवस्थित नगर बनाउनको लागि घर नम्बरीङ पनि एमाले नेतृत्वकै पालामा लागुभएको थियो । एमालेका नेताकै पहल र नेतृत्वमा घण्टाघर बन्यो । भानुचौकको बसपार्कको विकल्पमा तीनकुने सुन्दर बस्ती विकास आयोजना र डाँडाघोपामा एयरपोर्ट निर्माणको प्रक्रिया एमालेका मेयर मनोजकुमार मेन्याङबोको नेतृत्व रहदा नै नगरपालिकाले शुरु गरेको थियो । खानेपानीको दीर्घकालीन समाधानको लागि एमालेले समिति नै बनाएर अध्ययन गरेको थियो र हालको परियोजना ल्याउन पनि निर्णायक भुमिका खेल्यो ।

नेकपा एमालेले धरानलाई कस्तो नगर बनाउने भनेर दीर्घकालीनरुपमा भिजन नै तयार गरेको छ । स्थानीय तहको निर्वाचन हुनुअघि त्यही भिजनको आधारमा नेकपा एमालेले धरानमा जित हासिल गरेपछि स्थानीय सरकार बनाएर के कस्तो नीति अपनाउने र कार्यहरु गर्ने भनेर प्रतिवद्धता पत्र तयार गरिसकेको छ ।

 

नेकपा एमाले धरान उप-महानगरको स्थानीय तहको उमेद्वारहरु

क्र. स.

अध्यक्ष

खुल्ला सदस्य

महिला सदस्य

   दलित महिला सदस्य

भरत सुबेदी मनोज अग्रवाल रुपेश बास्तोला उतरा कुमारी शाक्य लक्ष्मी बिक

 

 

मुकुल कायस्थ नगेन्द्र राइ बीर ब. तामांग

 

तारा उदाश

 

लक्ष्मी ल्वागुन

 

आशा कुमार श्रेष्ठ बिकाश बनेपाली

 

हरि प्र.शाही उषा सुब्बा

 

चन्द्र कु. बिश्वकर्मा

 

मान ब राइ गोरसमान आले मगर

 

धन ब. राइ गङ्गा राइ

 

तुलसी परियार

 

चन्द्र भुजेल बिष्णु कुमार सुनुवार

 

सह गिरि दुर्गा लक्ष्मी राइ

 

शर्मिला बिक

 

भूबन सिं बस्नेत रमेश बस्नेत

 

हरि ब. राइ गोमादेवी गौतम खनाल

 

देविका विश्वकर्मा

 

भुवन मोक्तान जिबनराज सुवेदी

 

हरि नारायण श्रेष्ठ सिता पाख्रिन

 

देव कु. बिक

 

रुद्र लिम्वु प्रेम ब. तामाङ्ग

 

राम कु. थापा मगर लिला गुरुङ

 

सावित्री परियार

 

रत्न कटवाल मनोज कु. राउत

 

राम कु. दाश सबिना शाक्य

 

रिचा शंकर
१०

 

श्री प्रसाद लिम्बु कृष्ण  ब.  राइ

 

सम्सेर बर्देवा राधिका राइ अरुणा सुन्दाश
११

 

बाबुलाल लामा कृष्ण प्रसाद रिजाल

 

किरण राइ कल्पना थापा

 

संगीता लिहानी बिक
१२

 

टंक राइ बिनिता बज्राचार्य

 

ब्रमज्ञ भट्टराई चुन्नु थापा मगर

 

शान्ति  त्रिखत्री
१३

 

नेत्र काफ्ले पद्मा सुब्बा

 

सन्तोष राइ कमला श्रेष्ठ

 

उर्मिला परियार
१४

 

झलक श्रेष्ठ उमेश दाहाल

 

लक्ष्मण श्रेष्ठ गङ्गा पोख्रेल

 

राधिका सार्की
१५

 

नरेश इवाराम रामकाजी राइ

 

ज्ञानेन्द्र बस्नेत जानुका कार्की

 

निरमाया कामि
 

१६

 

दिल कु गिरि दिपक आचार्य सुरेश श्रेष्ठ हिरादेवी राइ लक्ष्मी लकान्द्री
१७

 

पुर्ण प्र राइ दिपक भण्डारी

 

प्रकाश राइ गणेश कुमारी राइ

 

बिन्दु रसाइली
१८

 

नबिन राइ कर्ण गुरुङ जगदिप सुनुवार नयन्द्र राइ

 

कबिता बिक
१९

 

पुर्ण लिम्बु राज कु. राइ

 

मेघनाथ राइ

 

जायात्रा राइ

 

चन्द्रमाया बिक
२० मणिराम राइ कर्ण ब. तामाङ्ग

 

महाशेर राइ

 

फुलमाया तामाङ्ग

 

यशोधा घिमिरे बिक