२८३ स्थानीय तहमा सर्व सम्मत, एमालेको अगुवाई कायमै

images1

पहिलो चरणमा हुन गइरहेको प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ गाउँपालिका/नगरपालिकाका विभिन्न पदमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार केही स्थानमा वैशाख १९ गते भएको मनोनयन दर्ताकै दिन केही पद निर्विरोध निर्वाचित भएको थियो । वैशाख २१ को उम्मेदवारी फिर्तापछि निर्विरोध हुनेको संख्या थपिएको हो । आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार डोल्पाको शे–फोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पदमा निर्विरोध चुनिए । शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमालेका टसी तुन्डुप गुरुङ र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार धावा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर बुढाले उक्त गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष ९ वटा वडाका वडाध्यक्ष र सदस्यहरूसहित ४७ वटै पद निर्विरोध भएको कान्तिपुरलाई जानकारी दिए

त्यस्तै, डोल्पाकै डोल्पो बुद्ध गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार मल्लटसी गुरुङ निर्विरोध भए । उक्त गाउँपालिकमा अन्य सदस्य पदहरू पनि निर्विरोध भएका छन् ।

मनाङको नार्फु गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसका मिङमा छिरिङ लामा र उपाध्यक्ष स्वतन्त्र उम्मेदवार कोन्जो तेन्जिङ लामा निर्विरोध भएका छन् । निर्वाचन कार्यालय मनाङका प्रमुख रामप्रसाद पौडेलले उक्त गाउँपालिकामा रहेको ५ वटा वडाका वडाध्यक्ष र सदस्यहरूसहित २२ पद निर्विरोध निर्वाचित भएको बताए । पाँचवटै वडामा दलित महिला सदस्यमा उम्मेदवारी नै परेको छैन ।

निर्विरोध निर्वाचित भएका ३ सय १६ मा वडाध्यक्ष ५६, महिला वडा सदस्य ६३, दलित महिला सदस्य ७७ र खुलातर्फका वडा सदस्यको संख्या ११६ रहेको सचिव मैनालीले बताए । उनका अनुसार १६९ पुरुष र १४७ महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

विभिन्न पदमा निर्विरोध भएकामध्ये नेकपा एमालेका १४२, कांग्रेसका ९४, माओवादी केन्द्रका ३६ र स्वतन्त्रबाट उम्मेदवारी दिएका ३२ जना छन् । सचिव मैनालीका अनुसार राप्रपाका ५, नेमकिपाको २, नयाँ शक्तिको १, परिवार दलको १ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगमा प्राप्त विवरणमा अन्य ३ जना निर्विरोध निर्वाचित उम्मेदवारको दल खुल्न सकेको छैन ।

पहिलो चरणमा ४ महानगर, १ उपमहानगर, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकाको १३ हजार ५ सय ५६ पदका लागि निर्वाचन हुँदैछ । गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख/उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुलातर्फको वडा सदस्य २ गरी प्रत्येक स्थानीय तहमा एकजना मतदाताले ७ वटा पदमा मतदान गर्नेछन् । ती पदहरूका लागि ४९ हजार ७ सय ५४ जनाको उम्मेदवारी परेकोमा १ हजार ४ सय ९९ जनाले फिर्ता लिएको आयोगले जनाएको छ ।

फोरम र नयाँ शक्तिका उम्मेदवारसँग स्पष्टीकरण 
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीका ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर पदका उम्मेदवार जनक थापाले निर्वाचन आचारसंहिता विपरीत मोटरसाइकल र्‍याली निकालेकोमा आयोगले स्पष्टीकरण सोधेको छ । ती दुई दल गठबन्धन गरी एउटै चिह्नमा निर्वाचनमा भाग लिएका छन् । आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले उम्मेदवार थापाले प्रचारप्रसारका लागि शनिबार अपराहन मोटरसाइकल र्‍याली निकालेको भेटिएकाले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश गरिएको बताए । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नै अनुगमनको क्रममा मोटरसाइकल र्‍याली फेला पारेका थिए ।

आयोगले स्पष्टीकरणमा सोधेको छ, ‘निर्वाचन आचारसंहिता विपरीत कामकारबाही गरेको कसुरमा हदैसम्मको कारबाही किन नगर्ने ?’ निर्वाचन आचारसंहिताले प्रचारप्रसारमा सवारीसाधन प्रयोग गरी र्‍याली निकाल्न रोक लगाएको छ ।

त्यस्तै, आयोगले सञ्चार माध्यमलाई मत सर्वेक्षण गर्न वा मतदातालाई कसलाई मतदान गर्ने विषयको धारणा संकलन गरी समाचार नबनाउन ध्यानाकर्षण गराएको छ । आयोगले विज्ञप्ति जारी गर्दै आम जनताले आफूले कसलाई मत दिने र किन दिने भन्ने विषय गोप्य राख्न पाउने कानुनी प्रावधानलाई बेवास्ता नगर्न भनेको छ । उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणाम घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने आयोगले जनाएको छ ।

सारांश 

नेकपा एमाले-१४२
नेपाली कांग्रेस -९४
माओवादी केन्द्र-३६
स्वतन्त्र उम्मेदवार -३२
राप्रपा उम्मेदवार -५
नेमकिपा उम्मेदवार -२
नयाँ शक्ती उम्मेदवार -१
नेपाल परिवार दल-१

महाभियोगको बिरोधमा अनेमसंघको बिरोध र्याली

This slideshow requires JavaScript.

धरान, बैसाख २० |अखिल नेपाल महिला संघ धरान नगर कमिटिको आयोजनामा न्यायालय माथिको ठाडो हस्तक्षेप, र एक महिला माथिको अपमान स्वरुप नेपालकि प्रथम महिला प्रधान न्यायधिश सुशिला कार्की बिरुद्ध नेपालि कांग्रेस र माओवादी केन्द्र गठबन्धन  सरकारले ल्याएको महाअभियोगका बिरुद्ध आज धरानको छाता चोक स्थित पार्टी कार्यालय बाट सयौको संख्यामा र्यालि निस्किएको छ | उक्त र्याली धरानको भानुचोकमा पुगी कोडसभामा परिणत भएको थियो | उक्त कोणसभा लाइ अनेमसंघ क्षेत्र न. १ अधक्ष्य लहरु जिमी, नेकपा एमाले जिल्ला कमिटि सुनसरी सदश्य मंजु भण्डारी एवं अनेमसंघ सुनसरी उपाध्यक्ष बेनु काफ्ले सम्बोधन ले गर्नु भएको थियो | सम्बोदनमा बक्ताहरुले अबिलम्ब महाभियोग फिर्ता नलिए मेची-महाकाली आन्दोलनको ज्वारभाटा उठ्ने चेतावनी समेत दिनु भएको थियो |

कोणसभालाइ नगर कमिटी सचिब बिजयकला राईले संचालन गर्नु भएको थियो भने समापन अनेमसंघ नगर अधक्ष्य रन्जु भण्डारीले गर्नु भयो | साथै आज महाभियोग फिर्ता लिन सरकारलाई दबाब दिन हस्ताक्षर संकलन कार्यक्रम समेत घन्टाघर अगाडी संचालन भएको थियो|Anema

डोल्पामा एमालेका दुई गाउँपालिका अध्यक्ष सहित २१ वडाध्यक्ष निर्विरोध

images1डोल्पाका २ गाउँपालिका एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन ।  से फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष , वडाअध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित हुनु भएको हो । सो गाउँपालिकामा नौ वटा वडा रहेका छन् । त्यसै गरी डोल्पो बुद्ध गाउँपालिकामा एमालेका लंकवहादुर रोकाय पनि निर्विरोध हुनु भएको हो । विभिन्न गाउँपालिकाका ६५ वडा वडामध्ये २१ वडामा एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।

से फोक्सुन्डो गाउँपालिकाको प्रमुखमा टसी टुन्डुप गुरुङ निर्विरोध निर्वाचित हुनु भएको हो । से फोक्सुन्डो गाउँपालिकामा एमालेका अध्यक्ष गुरुङसहित ९ वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको ओ। डोल्पोबुद्ध गाउँपालिकामा ५ वडाध्यक्ष निर्विरोध हुनुभएको छ । छार्का ताङसोङ गाउँपालिकामा ५ वडाध्यक्ष र काइते गाउँपालिकामा २ वडाध्यक्ष निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

मंगलबार भएको मनोनयन दर्ताको दिन नै एमालेका उम्मेदवारहरु निर्विरोध निर्वा्चित भएका जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

सबै स्थानीय तहमा कांग्रेसका उम्मेद्वार, कहाँ को–को?

Congress

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका सबै उम्मेद्वारहरुले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दाखिला गरेका छन् । पहिलो चरण अन्तर्गत तीन प्रदेशका ३४ जिल्लाका ४ महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउँ पालिकामा निर्वाचन हुँदैछ । सो निर्वाचनमा कांग्रेसका तर्फबाट निम्नानुसारका उम्मेदवारहरुले प्रमुख र उपप्रमुखसहित सबै पदमा उम्मेदवारी दर्ता गराएका पार्टीेले जनाएको छ।

नवलपरासी

नगरपालिकाको नाम प्रमुख उपप्रमुख
कावासोती न.पा. महेन्द्र पोखरेल खगिसरा गुरुङ
गैडाकोट न.पा. गजेन्द्रबहादुर आले विष्णु कँडेल सापकोटा
देवचुली न.पा. पूर्णकुमार श्रेष्ठ लक्ष्मी बँस्ताकोटी
मध्यविन्दु न.पा. चन्द्रबहादुर राना  

ओमकुमारी महतो

 

Advertisement Megha

स्याङ्जा

नगरपालिका÷गाउँपालिका प्रमुख उपप्रमुख
पुतलीबजार नगरपालिका श्री तुलसीराम रेग्मी श्री हिरादेवी शर्मा
भीरकोट नगरपालिका श्री छायाराम खनाल श्री सीमा के.सी. कर्माचार्य
वालिङ नगरपालिका श्री दिलिपप्रताप खाँण श्री कल्पना तिवारी
गल्याङ नगरपालिका श्री लालगोपाल अर्याल श्री खगिसरा भण्डारी
चापाकोट नगरपालिका श्री शिवकुमार गिरी श्री विमला श्रेष्ठ
हरिनास गाउँपालिका श्री देवकुमार मानन्धर श्री लीला थापा
अर्जुनचौपारी गाउँपालिका श्री दीर्घनारायण अर्याल श्री माया के.सी.

काठमाडौं

महानगर÷नगरपालिका प्रमुख उपप्रमुख
काठमाडौँ महानगरपालिका राजुराज जोशी हरिप्रभा खड्गी
कागेश्वरी मनोहरा न.पा. उपेन्द्र कार्की अनिता अधिकारी
कीर्तिपुर न.पा. राजकुमार नकर्मी जोनिशा महर्जन
गोकर्णेश्वर न.पा. सन्तोष चालिसे शान्ति नेपाल
चन्द्रगिरी न.पा. घनश्याम गिरी इन्द्रावती श्रेष्ठ
टोखा न.पा. हरिहर अधिकारी रजनी थापा
तारकेश्वर न.पा. श्रीराम थापा संगीता न्यौपाने अर्याल
दक्षिणकाली न.पा. मोहन बस्नेत वसन्ती महर्जन (तामाङ)
बुढानीलकण्ठ न.पा. राजु श्रेष्ठ सुभद्रा खड्का
नागर्जुन न.पा. मोहन बस्नेत कल्याणी खड्का
शंकरापुर न.पा. शंकर तिवारी मञ्जु खड्का

भक्तपुर

नगरपालिकाको नाम प्रमुख उपप्रमुख
सूर्यविनायक नगरपालिका विष्णुराज कार्की
भक्तपुर नगरपालिका रामप्रसाद कासुला गंगा लक्ष्मी अवाल
चाँगुनारायण नगरपालिका राजाराम खड्का सरु वानियाँ
मध्यपुर ठिमी नगरपालिका अष्टकुमार कवे अञ्जना मधिकर्मी

चितवन

महानगरपालिका÷नगरपालिका प्रमुख उपप्रमुख
भरतपुर महानगरपालिका श्री दिनेश कोइराला श्री पार्वती शाह
रत्ननगर नगरपालिका श्री रुपनराज घिमिरे श्री नीता ढकाल
खैरहनी नगरपालिका श्री राजेन्द्रप्रसाद चौधरी श्री सुशीला उप्रेती

कास्की

नगरपालिकाको नाम प्रमुख उपप्रमुख
पोखरा लेखनाथ महानगरपालिका रामजी कुँवर सरस्वती गुरुङ

ललितपुर

महानगर÷नगरपालिकाको नाम प्रमुख उपप्रमुख
ललितपुर महानगरपालिका चिरीवावु महर्जन गीता सत्याल
गोदावरी नगरपालिका गजिन्द्र महर्जन मुना अधिकारी
महालक्ष्मी नगरपालिका महेश खड्का लक्ष्मी श्रेष्ठ

पर्वत

नगरपालिकाको नाम प्रमुख उपप्रमुख
कुश्मा नगरपालिका रामचन्द्र जोशी सिताकुमारी काफ्ले लामिछाने
फलेवास नगरपालिका गंगाधर तिवारी रेखा गुरुङ

 

स्थानीय तहको निर्वाचनः एमालेले खाता खोल्यो, काभ्रेबाट विजयी सुरुवात, डोल्पामा सिंगो प्यानल नै विजयी

Narayani-damai-Umlप्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काभ्रेबाट विजयी शुरुवात गरेका छन् ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार भएको मनोनयन दर्तासँगै एमालेले विजयी सुरुवात गरेको हो ।

एमालेले मण्डन देउपुर नगरपालिकाबाट खाता खोलेको छ । काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर २ मा एमाले उम्मेदवार नारायणी दमाई निर्विरोध चयन भएकी छन् । २ नम्बर वडामा अन्य पार्टीको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएकी हुन् ।

दलित समुदायकी नारायणी निर्विरोध भएपछि एमालेजनले ‘संविधानको उपहार, दलित समुदायमा बहार’ नारा लगाउँदै उनको प्रशंसा गरेका छन् ।

सिन्धुपाल्चोकमा पनि विजयी सुरुवात

यसैबीच सिन्धुपाल्चोक जिल्लामा पनि एमालेले विजय सुरुआत गरेको खबर प्राप्त भएको छ । स्थानीय नेताका अनुसार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ४ नम्बर वडा सदस्यमा कृष्णा कुमारी नेपाली र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १२ नम्बर वडा सदस्यमा गीता सोनाम निर्बिरोध निर्बाचित भएका छन् ।

डोल्पामा सिंगो प्यानल नै विजयी

डोल्पाको शेफोक्सुडो गाँउपालिकाको अध्यक्षमा नेकपा एमालेका टसी टुण्डुक गुरूङ निर्बिरोध निर्बाचित भएका छन् । सो गाउपालिकामा उपाध्यक्ष पदमा बाहेक अरू सबै पदहरूमा एमालेका उम्मेदवारहरू निर्बिरोध भएको भर्खरै जानकारी प्राप्त भएको छ ।

एमालेको देश भरिका २८३ उमेद्वारहरु

Sunप्रदेश नम्बर ३

काठमाडौँ

१. काठमाडौं महानगरपालिका–प्रमुख–विद्यासुन्दर शाक्य

२. चन्द्रागिरी नगरपालिका–प्रमुख–प्रल्हाद कार्की
उपप्रमुख–लिशा नकर्मी

३. कीर्तिपुर नगरपालिका–प्रमुख–रमेशमान महर्जन
उपप्रमुख–सरस्वती खड्का

४. कागेश्वरी मनोहरा नगरपालिका–प्रमुख–कृष्णहरि थापा
उपप्रमुख–बिन्दु सिम्खडा
५. बुढानिलकण्ठ नगरपालिका–प्रमुख–उद्धब खरेल
उपप्रमुख–रमा राई

६. टोखा नगरपालिका–प्रमुख–प्रकाश अधिकारी
उपप्रमुख–ज्ञानमाया डंगोल

७. गोकर्णेश्वर नगरपालिका–प्रमुख–पुण्य चौंलागाईं
उपप्रमुख–शान्ति श्रेष्ठ

८.नार्गजुन नगरपालिका–प्रमुख–कृष्णहरि खत्री
उपप्रमुख–सुशिला अधिकारी

९. दक्षिणकाली नगरपालिका–प्रमुख – शशी शर्मा अर्याल
उपप्रमुख–मिरा आचार्य महर्जन

१०. तारकेश्वर नगरपालिका–प्रमुख–रामेश्वर बोहरा
उपप्रमुख–भानु डोटेल ‘भवानी’

११.शंखरापुर नगरपालिका–प्रमुख–सुवर्ण श्रेष्ठ
उपप्रमुख–सुकलक्ष्मी श्रेष्ठ

सिन्धुपाल्चोक

१ भोटेकोसी गाउँपालिका –प्रमुख – छिरिङ शेर्पा
उपप्रमुख – सुन्तली श्रेष्ठ

२ बाह्रबिसे नगरपालिका –प्रमुख –नेमफुन्जु शेर्पा
उपप्रमुख –सुशिला पाख्रिन

३ सुनकोशी गाउँपालिका –प्रमुख – शिव न्यौपाने
उपप्रमुख –देवी अधिकारी

४ लिंसंखु गाउँपालिका अध्यक्ष –कमल नेपाल
उपाध्यक्ष – हेमगंगा मोक्तान

५ त्रिपुरासुन्दरी गाउँपालिका– अध्यक्ष – भूपेन्द्र श्रेष्ठ
उपाध्यक्ष – दुर्गा नेपाल

६ बलेफी गाउँपालिका –अध्यक्षः केदार क्षेत्री
उपाध्यक्ष – कमला कायस्थ

७ जुगल गाउँपालिका –अध्यक्ष – होमनारायण श्रेष्ठ
उपाध्यक्षः सृजना तामाङ

८ चौतारा सांगाचोकगढी नगरपालिका – प्रमुख –सोमबहादुर सापकोटा
उपप्रमुख – सीता थापा

९ इन्द्रावती गाउँपालिका अध्यक्षः झम्क नेपाल
उपाध्यक्षः सरस्वती अधिकारी

१० मेलम्ची नगरपालिका– प्रमुख – डम्बरबहादुर आर्याल
उपप्रमुख – भगवती नेपाल

११ पाँचपोखरी थाङपाल गाउँपालिका – अध्यक्ष– टांसी लामा
उपाध्यक्ष – सुनीता अधिकारी

१२ हेलम्बु गाउँपालिका –अध्यक्ष – हस्त पण्डित
उपाध्यक्ष –ङिमा जङमु लामा

नुवाकोट

१. विदुर नगरपालिका–प्रमुख – सञ्जु पण्डित
उपप्रमुख– गीता दाहाल

२. बेलकोट नगरपालिका–प्रमुख–राजेन्द्र रमण खनाल
उपप्रमुख –रुपा सापकोटा

३. ताराकेश्वर गाउँपालिका–अध्यक्ष रमेश वस्ती
उपाध्यक्ष– तारा रिमाल

४. मेघाङ गाउँपालिका– अध्यक्ष मेघनाथ तामाङ
उपाध्यक्ष– विन्दुमाया तामाङ

५. सूर्यगढी गाउँपालिका– अध्यक्ष विन्दा ढुंगाना
उपाध्यक्ष– घ कुमार लामा

६. लिखु गाउँपालिका– अध्यक्ष प्रदीपप्रसाद पाठक (सुमन)
उपाध्यक्ष– रोजिना राई

७. तादी गाउँपालिका अध्यक्ष कृष्णप्रसाद लामिछाने
उपाध्यक्ष– इश्वरी .तामाङ

८. ककनी गाउँपालिका– अध्यक्ष जीतबहादुर बलामी

उपाध्यक्ष– लजिता तामाङ

९. शिवपुरी गाउँपालिका– अध्यक्ष पदम उप्रेती
उपाध्यक्ष– मंगलमाया पुलामी

१०. किसवाङ गाउँपालिका–अध्यक्ष विरबल तामाङ
उपाध्यक्ष–श्रीमाया लामा
११. पञ्चकन्या गाउँपालिका–अध्यक्ष लेखप्रसाद बोहोरा
उपाध्यक्ष– मनिका थापा
१२. गुप्तेश्वर गाउँपालिका–अध्यक्ष सुरज शेर्पा
उपाध्यक्ष– लक्ष्मी तामाङ

मकवानपुर

१ हेटौडा उपमहानगरपालिका प्रमुख – हरिबहादुर महत
उपप्रमुख–मीना लामा
२ थाहा नगरपालिका प्रमुख –बिष्णु ढकाल
उपप्रमुख कल्पना बलामी
३ बागमती गाउँपालिका –अध्यक्ष –राजकुमार तिम्सिना
उपाध्यक्ष –धनकुमारीसिह लामा
४ पकैया गाउपालिका –अध्यक्ष दलबहादुर वाइवा
उपाध्यक्ष –सरला बोल्छे
५ मनोहरि गाउपालिका –अध्यक्ष एकराज उप्रेती
उपाध्यक्ष–मनिला बिष्ट
६ राक्सिराङ गाउँपालिका –अध्यक्ष –लालबहादुर थापा
उपाध्यक्ष–सुन्तली चेपाङ
७ कैलास गाउपालिका –अध्यक्ष –टंक मुक्तान
उपाध्यक्ष–सुकमाया थिङ
८. इन्द्र सरोवर –अध्यक्ष जीवन लामा
उपाध्यक्ष –उमा लामा
९ भीमफेदी गाउपालिका–अध्यक्ष –हिदम लामा
–पार्बती राना
१० गढी गाउपालिका –अध्यक्ष –बिदुर हुमागाई
उपाध्यक्ष –हर्कमाया रुम्वा
रसुवा

१ गोसाईकुण्ड गाउँपालिाका–अध्यक्ष– कैसाङनुर्बु तामाङ
उपाध्यक्ष–करग्र्याल्मु तामाङ
२ पार्वतीकुण्ड गाउँपालिका–अध्यक्ष–लाक्पागोङबु तामाङ
उपाध्यक्ष–नविना लामा
३ कालिका गाउँपालिका–अध्यक्ष–सीता अधिकारी
उपाध्यक्ष–भवानी न्यौपाने
४ नौकुण्ड गाउँपालिका–अध्यक्ष–विकास लामा
उपाध्यक्ष–सिर्जना लामा
५ उत्तरगया गाउँपालिका– अध्यक्ष–अशोक घिमिरे
उपाध्यक्ष–चमेली गुरुङ

धादिङ
१. धुनिबेशी नगरपालिका –प्रमुख –बालकृष्ण आचार्य
उपप्रमुख निरु खरेल
२ निलकण्ठ नगरपालिका –प्रमुख– अर्जुनकुमार श्रेष्ठ
उपप्रमुख – गंगादेवी श्रेष्ठ
३ रुविभ्याली गाउँपालीका –अध्यक्ष – जीवन तामाङ
उपप्रमुख –डिलमाया तामाङ
४ गाँगाजमुना गाउँपालिका–अध्यक्ष– वलबहादुर अधिकारी
उपाध्यक्ष – एन्जिला तामाङ
५ खनियाँवास गाउँपालीका अध्यक्ष – प्रदिप क्युवा तामाङ
उपप्रमुख –सुष्मा तामाङ
५ नेत्रावती गाउँपालिका–प्रमुख –दुर्गाकुमार शाक्य (नारायण)
उपाध्यक्ष – मीना तामाङ
६ त्रिपुरासुन्दरी गाउँपालिका–प्रमुख –शम्भुकुमार थापा
उपाध्यक्ष – कृष्णकुमारी थापा
७ ज्वालामुखी गाउँपालिका–अध्यक्ष रामप्रसाद अधिकारी
उपाध्यक्ष – जानुका सिंखडा
८ सिद्धलेक गाउँपालिका –अध्यक्ष – प्रेमनाथ सिलवाल
उपाध्यक्ष– कमला शर्मा
९ बेनीघाट रोराङ गाउँपालिका –अध्यक्ष – गिरिराज कँडेल
उपाध्यक्ष– मायादेवी शर्मा
१० गजुरी गाउँपालिका –अध्यक्ष–राजेन्द्रविक्रम बस्नेत
उपाध्यक्ष– सीता ढुङगाना
११ गल्छी गाउँपालिका–अध्यक्ष –कृष्णहरि श्रेष्ठ
उपाध्यक्ष– राधा तिमसिल्ना
१२ थाक्रे गाँउपालिका –अध्यक्ष– रामकुमार आचार्य
उपाध्यक्ष – अम्बिका रुपाखेती
सिन्धुली

१ दुधौली नगरपालिका–प्रमुख–घनश्याम रावत
उपप्रमुख–बालकुमारी अधिकारी दनुवार
२ कमलामाई नगरपालिका–प्रमुख–खड्गबहादुर खत्री
उपप्रमुख– मञ्जु देवकोटा
३ तिनपाटन गाउँपलिका–अध्यक्ष–छत्रबहादुर दाहाल
उपाध्यक्ष–पदममाया तामाङ
४ फिक्कल गाउँपालिका–अध्यक्ष–धनबहादुर कार्की
उपाध्यक्ष–पार्वती सुनुवार
५ सुनकोशी गाउँपालिका–अध्यक्ष–कौशल कोइराला
उपाध्यक्ष–मिथिला प्याकुरेल
६गोलङजोर गाउँपालिका–अध्यक्ष–टिकाबहादुर देवकोटा
उपाध्यक्ष– धनमाया पुलामी मगर
७ मरिण गाउँपालिका– उपाध्यक्ष–उर्मिला माझी
८ घ्याङलेख गाउँपालिका–अध्यक्ष–लालध्वज तामाङ
उपाध्यक्ष–उर्मिला सिँह
९ हरिहरपुरगढी गाउँपालिका–अध्यक्ष–मानबहादुर वाईबा
उपाध्यक्ष–छिरिङ लामा
ललितपुर

ललितपुर महानगरपालिकाः प्रमुखः हरिकृष्ण ब्यञ्जनकार
उपप्रमुख सुकमाया लामा
महांकाल गाउँपालिकाः प्रमुखः रामचन्द्र दाहाल
उपप्रमुखः कमला तामाङ
वागमती गाउँपालिकाः प्रमुख दुर्गा घिमिरे
उप्रमुखः डोलकुमारी स्याङ्तान
कोन्जयोसोमो गाउँपालिकाः प्रमुखः कृष्णमान लामा
उपप्रमुखः सुस्मिता घिमिरे दुलाल
गोदावरी नगरपालिकाः प्रमुख श्यामकृष्ण सिलवाल
उपप्रमुख तारा सञ्जेल घिमिरे
महालक्ष्मी नगरपालिकाः प्रमुखः रामेश्वर श्रेष्ठ
उपप्रमुखः निर्मला थापा

भक्तपुर
सुर्यविनायक नगरपालिकाः प्रमुखः वासुदेव थापा
उपप्रमुख्m जुना बस्नेत
चाँगुनारायण नगरपालिकाः प्रमुखः सोम मिश्र
उपप्रमुख विणा बास्तोला
भक्तपुर नगरपालिकाः प्रमुखः विष्णु सुवाल
उपप्रमुखः रिता अवाल
मध्यपुर थिमी नगरपालिकाः प्रमुखः मदनसुन्दर श्रेष्ठ

काभ्रे

१ बनेपा नगरपालिका– प्रमुख–लक्ष्मी नरसिंह बादे
उपप्रमुख– रेखा दाहाल
२ धुलिखेल नगरपालिका– प्रमुख– अशोक ब्यान्जु
उप्रमुख– विमला शर्मा
३. पनौती नगरपालिका– प्रमुख– भीम न्यौपाने
उपप्रमुख– गीता बन्जारा
४. पाँचखाल नगरपालिका– प्रमुख– रुद्र बानियाँ
उपप्रमुख– भक्तकुमारी लामा
५. नमोबुद्ध नगरपालिका– प्रमुख– टीपी शर्मा तिमल्सिना
उपप्रमुख– रामदेवी लामा
६. मण्डनदेउपुर नगरपालिका– प्रमुख– टोकबहादुर वाइवा
उपप्रमुख– निर्मला शाही
७. चौरी देउराली गाउँपालिका– अध्यक्ष– लेखराज गौतम
उपाध्यक्ष– इन्द्रमाया तामाङ
८. भुम्लु गाउँपालिका– अध्यक्ष– गुमानध्वज कुँवर
उपाध्यक्ष– कल्पना श्रेष्ठ
९. तेमाल गाउँपालिका– अध्यक्ष– प्रदिप लामा
उपाध्यक्ष– उषा घिसिङ
१०. रोश्वी गाउँपालिका– अध्यक्ष– बज्रध्वज लामा
उपाध्यक्ष– बबिता बोहोरा
११. महाभारत गाउँपालिका– अध्यक्ष– राजकुमार कुँवर
उपाध्यक्ष– रविनमाया अस्थामी मगर
१२. बेथानचोक गाउँपालिका– अध्यक्ष– प्रेम कुमार तामान
उपाध्यक्ष– उन्नति केसी
१३. खानीखोला गाउँपालिका– अध्यक्ष– कृष्णबहादुर खुलाल
उपाध्यक्ष– रुक्मिणी गुरुङ मगर

रामेछाप

१ रामेछाप नगरपालिका– प्रमुख– रोशन पाख्रिन
उपप्रमुख– शान्ता सापकोटा पौडेल
२ मन्थली नगरपालिका– अध्यक्ष– रमेश बस्नेत
उपाध्यक्ष– माया कार्की
३ उमाकुण्ड गाउँपालिका– अध्यक्ष– शेरबहादुर सुनुवार

४ गोकुलगंगा गाउँपालिका– अध्यक्ष– खड्गबहादुर सुनुवार

उपाध्यक्ष– राधिका श्रेष्ठ
५ लिखु गाउँपालिका– अध्यक्ष– गोविन्दबहादुर खड्का
उपाध्यक्ष– दिपशिखा दाहाल
६ खाँडादेवी गाउँपालिका– अध्यक्ष– प्रेमबहादुर तामाङ

उपाध्यक्ष– मखमली श्रेष्ठ

७ सुनापाती गाउँपालिका– अध्यक्ष– प्रदीप योन्जन
उपाध्यक्ष– पासाङ डोमा तामाङ
८ दोरम्बा गाउँपालिका– अध्यक्ष– प्रेम लामा
उपाध्यक्ष– सुभद्रा पाठक कँडेल

दोलखा
१. भीमेश्वर नगरपालिका– अध्यक्ष– भरत केसी
उपाध्यक्ष– कमला बस्नेत
२. जिरी नगरपालिका– मेयर– टंक जिरेल
उपमेयर– कृष्णकुमारी बुढाथोकी
३. तामाकोशी गाउँपालिका– अध्यक्ष– इश्वरचन्द्र पोख्रेल
उपाध्यक्ष– उर्मिला खडका
४ गौरीशंकर गाउपालिका– अध्यक्ष– स्वयम् खड्का
उपाध्यक्ष– उर्मिला थामी
५ बैधेश्वर गाउपालिका– अध्यक्ष– ऋषिकेशव उप्रेती
उपाध्यक्ष– शान्तिकुमारी तामाङ
६ मैलुङ गाउपालिका– अध्यक्ष– नरबहादुर श्रेष्ठ
उपाध्यक्ष– कल्पना भण्डारी
७ शैलुङ गाउपालिका– अध्यक्ष– भरतप्रसाद दुलाल
उपाध्यक्ष– लालमाया योञ्जन
८ कालिकाचोक गाउँपालिका– अध्यक्ष– वीनकुमार थामी
उपाध्यक्ष– कालिका पाठक
९ बिगु गाउँपालिका– अध्यक्ष– सुन्दरकुमार लामिछाने बिश्वकर्मा
उपाध्यक्ष– गोमा केसी

प्रदेश नं. ४
बाग्लुङ
१. बाग्लुङ नगरपालिका– प्रमुखः जनक पौडेल
उपप्रमुख ः गीता शर्मा
२. गल्कोट नगरपालिका– यमबहादुर श्रीस
उपप्रमुखः रत्ना भण्डारी
३. जैमिनी नगरपालिका– प्रमुखः श्रीप्रसाद शर्मा
उपप्रमुखः सावित्रा राना
४. ढोरपाटन नगरपालिका– प्रमुखः डेगबहादुर पुन
उपप्रमुखः सीता कँडेल
५. काठेखोला गाउँपालिका– अध्यक्षः अमर थापा
उपाध्यक्षः हुमाकुमारी जिसी
६. बरेङ गाउँपालिका– अध्यक्षः धनेश्वर पौडेल
उपाध्यक्षः दुर्गा थापा
७. बढीगाउँ गाउँपालिकाः अध्यक्षः मेहरसिंह पाइजा
उपाध्यक्षः उषा घिमिरे
८. निसिखोला गाउँपालिकाः अध्यक्षः रुद्र पौडेल
उपाध्यक्षः छमी घर्तीमगर
९. तमानखोला गाउँपालिका– अध्यक्षः दिलकुमारी छन्त्याल
उपाध्यक्षः उदीम छन्त्याल
१०. ताराखोला गाउँपालिकाः अध्यक्ष सञ्जय श्रेष्ठ
उपाध्यक्षः हिरादेवी पुन
म्याग्दी
१. बेनी नगरपालिका– प्रमुखः प्रमोद श्रेष्ठ
उपप्रमुख ः दुर्गा श्रेष्ठ
२. मङ्गला गाउँपालिका– अध्यक्ष ः सतप्रसाद रोक्का
उपाध्यक्ष ः सिर्जना केसी
३. मालिका गाउँपालिका– अध्यक्ष ः देवप्रसाद गर्बुजा
उपाध्यक्ष ः खरमाया विटालु
४. धौलागिरी गाउँपालिका– अध्यक्ष ः थमसरा पुन
उपाध्यक्ष ः रेशम छन्त्याल
५. अन्नपूर्ण गाउँपालिका– अध्यक्ष ः नारायण पुन
उपाध्यक्ष ः दुर्गा पाइजा
६. रघुगङ्गा गाउँपालिका– अध्यक्षः खिमबहादुर शाही
उपाध्यक्षः चुमाया थकाली

कास्की
१. पोखरा लेखनाथ महानगरपालिका ः प्रमुख ः मानबहादुर जीसी
उपप्रमुख ः मञ्जु गुरुङ
२. अन्नपूर्ण गाउँपालिका– अध्यक्ष ः विष्णु केसी
उपाध्यक्ष ः सगुन गुरुङ
३. माछापुछ«े गाउँपालिका– अध्यक्ष ः कर्णबहादुर गुरुङ
उपाध्यक्ष ः कृष्णकुमारी दवाडी
४. रुपा गाउँपालिका – अध्यक्ष ः नवराज ओझा
उपाध्यक्ष ः मनसुवा गुरुङ
५. मादी गाउँपालिका– अध्यक्ष ः वेदबहादुर गुरुङ
उपाध्यक्ष ः विष्णुकुमारी पौडेल
पर्वत
१. कुस्मा नगरपालिका– प्रमुख ः मेघनाथ सुवेदी
उपप्रमुख ः मुघा पोखरेल
२. फलेवास नगरपालिका– प्रमुख ः पदमपाणि शर्मा
उपप्रमुख ः मञ्जु अधिकारी
३. जलजला गाउँपालिका– प्रमुख ः लालबहादुर अधिकारी
उपप्रमुख ः अनिताकुमारी रेग्मी
४. मोदी गाउँपालिका– अध्यक्ष ः प्रेम पौडेल
उपाध्यक्षः सेती महत
५. महाशिला गाउँपालिका– अध्यक्ष ः राजु पौडेल
उपाध्यक्ष ः हीरा राना
६. विहादी गाउँपालिका– अध्यक्ष ः कमलप्रसाद भुषाल
उपाध्यक्षः डम्बरकुमारी गुरुङ
७. पैँयु गाउँपालिका– अध्यक्ष ः महेन्द्र श्रेष्ठ
उपाध्यक्षः गोमता शर्मा
लमजुङ
१. बेँसीसहर नगरपालिकाः प्रमुखः गुमानसिंह अर्याल
उपप्रमुखः लक्ष्मी अधिकारी
२. मध्यनेपाल नगरपालिकाः प्रमुखः (तालमेल)
उपप्रमुखः राजकुमार श्रेष्ठ
३. सुन्दरबजार नगरपालिका– प्रमुख ः जनक मिश्र
उपप्रमुख ः (तालमेल)
४. राइनास नगरपालिका– प्रमुख ः सिंहबहादुर थापा
उपप्रमुख ः (तालमेल)
५. मस्र्याङ्दी गाउँपालिका– अध्यक्ष ः अर्जुन गुरुङ
उपाध्यक्ष ः (तालमेल)
६. क्होला साथर गाउँपालिका– अध्यक्ष ः प्रेम घले
उपाध्यक्ष ः मुनी गुरुङ
७. दूधपोखरी गाउँपालिका– अध्यक्ष ः (तालमेल)
उपाध्यक्षः धनबहादुर गुरुङ
७. दोर्दी गाउँपालिका– अध्यक्ष ः (तालमेल)
उपाध्यक्ष ः दिलबहादुर घले
तनहुँ
१. भानु नगरपालिका– प्रमुखः भगवती न्यौपाने
उपप्रमुखः ऋषिराम पन्त
२. व्यास नगरपालिका– प्रमुखः शङ्करनारायण श्रेष्ठ
उपप्रमुखः मनुमाया श्रेष्ठ
३. शुक्ला गण्डकी नगरपालिका– प्रमुखः रामचन्द्र उपाध्याय
उपप्रमुखः सविता रसाइली
४. भीमाद नगरपालिका– प्रमुखः मेखबहादुर थापा
उपप्रमुखः शारदा खनाल
५. आँबुखैरेनी गाउँपालिका– अध्यक्षः सन्तबहादुर केसी
उपाध्यक्षः मीना अधिकारी
६. बन्दीपुर गाउँपालिका– अध्यक्षः आनन्दमान जोशी
उपाध्यक्षः शान्ति कुँवर
७. म्याग्दे गाउँपालिका– अध्यक्ष ः श्रीप्रसाद श्रेष्ठ
उपाध्यक्षः रत्न घिमिरे
८. घिसिङ गाउँपालिका– अध्यक्षः रणबहादुर राना
उपाध्यक्षः सरस्वती सिग्देल
९. रिसिङ गाउँपालिका– अध्यक्षः भूपाल थापा
उपाध्यक्ष ः मधुमाया श्रेष्ठ
१०. देवघाट गाउँपालिका– अध्यक्ष ः दुर्गाबहादुर थापा
उपाध्यक्ष ः सावित्री न्यौपाने
(तनहुँमा तालमेल भएका कारण केही नामहरु फेरबदल हुन सक्नेछन् ।)

नवलपुर
१. गैँडाकोट नगरपालिका– प्रमुख ः छत्र पौडेल
उपप्रमुख ः रेखा कँडेल
२. मध्यविन्दू नगरपालिका– प्रमुख ः भीमलाल अधिकारी
उपप्रमुख ः जोगमाया महतो थारु
३. कावासोती नगरपालिका– प्रमुख ः चन्द्रा पुन
उपप्रमुख ः वीरेनशङ्कर मर्दनियाँ थारु
४. देवचुली नगरपालिका– प्रमुख ः हरि न्यौपाने
उपप्रमुख ः पार्वती तिवारी
५. बुलिङटार गाउँपालिका– अध्यक्ष ः विद्रोही गिरी
उपाध्यक्ष ः पार्वती थापा
६. बुङ्दिकाली गाउँपालिका– अध्यक्ष ः श्यामसुन्दर श्रेष्ठ
उपाध्यक्ष ः दीलकुमारी सारु
७. हुप्सेकोट गाउँपालिका– अध्यक्ष ः निरबहादुर पुलामी
उपाध्यक्ष ः कोपिला मल्ल
८. विनयी गाउँपालिका– अध्यक्ष ः लक्ष्मणबहादुर पाण्डे
उपाध्यक्ष ः तारा विक
स्याङ्जा
१. पुतलीबजार नगरपालिका– प्रमुख ः सीमा क्षेत्री
उपप्रमुख ः महेश पुरी
२. वालिङ नगरपालिका– प्रमुख ः पुण्यप्रसाद अर्याल
उपप्रमुख ः खगिसरा थापा
३. चापाकोट नगरपालिका – प्रमुख ः बुद्धिमान श्रेष्ठ
उपप्रमुख ः सरस्वती भट्टराई
४. गल्याङ नगरपालिका– प्रमुख ः भूपराज अधिकारी
उपप्रमुख ः देवीमाया मगर
५. फेदीखोला गाउँपालिका ः अध्यक्षः घनश्याम सुवेदी
उपाध्यक्षः देवी थापा क्षेत्री
६. आँधीखोला गाउँपालिका– अध्यक्ष ः सुधीर पौडेल
उपाध्यक्ष ः शर्मिला पौडेल
७. विरुवा गाउँपालिका– अध्यक्ष ः चुनप्रसाद शर्मा
उपाध्यक्ष ः देवी थापा मगर
८. अर्जुन चौपारी गाउँपालिका– अध्यक्ष ः मोहन अधिकारी
उपाध्यक्ष ः चुनकुमारी गुरुङ
९. कालिगण्डकी गाउँपालिका– अध्यक्ष ः खिम थापा
उपाध्यक्ष ः सावित्री कोइराला
१०. हरिनास गाउँपालिका– अध्यक्ष ः खिमनारायण मानन्धर
उपाध्यक्ष ः झनमाया पराजुली
११. भिरकोट नगरपालिकाः प्रमुखः सन्तोष केसी
उपप्रमुख सरस्वती अधिकारी

गोरखा
१. पालुङटार नगरपालिका– प्रमुख ः जुद्धविलास भण्डारी
उपप्रमुख ः सिर्जना रेग्मी
२. गोरखा नगरपालिका– प्रमुख ः विश्वेश्वर कट्टेल
उपप्रमुख ः सम्झना देवकोटा
३. चुम्नुब्री गाउँपालिका– अध्यक्ष ः सूर्यकुमारी गुरुङ
उपाध्यक्ष ः लोम्साङ लामा
४. घार्चे गाउँपालिका– अध्यक्ष ः कमानसिंह गुरुङ
उपाध्यक्ष ः सुस्मिता घले
५. आरुघाट गाउँपालिका– अध्यक्ष ः बगबहादुर लामा
उपाध्यक्ष ः मीना बराम
६. सुलिकोट गाउँपालिका– अध्यक्ष ः धनीराम घले
उपाध्यक्ष ः कृष्णकुमारी गुरुङ
७. भीमसेन गाउँपालिका– अध्यक्ष ः सुरेशबाबु श्रेष्ठ
उपाध्यक्ष ः कविता अर्याल
८. सिरानचोक गाउँपालिका– अध्यक्ष ः प्रेम गुरुङ
उपाध्यक्ष ः कुमारी धिताल
९. अजिरकोट गाउँपालिका– अध्यक्ष ः गुणबहादुर भुजेल
उपाध्यक्ष ः गीता सापकोटा
१०. गण्डकी गाउँपालिका– अध्यक्ष ः विष्णुप्रसाद पन्त
उपाध्यक्ष ः विमला पुलामी
११. सहिद लखन गाउँपालिका– अध्यक्ष ः मनोज जोशी
उपाध्यक्ष ः लुना थापा

प्रदेश नं. ६
हुम्ला
१. नाङ्खा गाउँपालिकाः अध्यक्ष ः नुर्जाङ तामाङ
उपाध्यक्ष ः पेमा खाडी तामाङ
२. सिमकोट गाउँपालिकाः अध्यक्ष– नरबहादुर रोकाया
उपाध्यक्ष ः गीता शाही
३. खार्पुनाथ गाउँपालिका अध्यक्ष– प्रेमबहादुर बुढा
उपाध्यक्ष ः रुपा शाही
४. सर्केगाड गाउँपालिका– अध्यक्ष ः ज्ञानी उल
उपाध्यक्ष ः साउनी फडेरा थापा
५. चंखेली गाउँपालिका– अध्यक्ष ः खड्ग ऐडी
उपाध्यक्ष ः विमलाकुमारी शाही
६.अदानचुली गाउँपालिका– अध्यक्ष ः दल फडेरा
उपाध्यक्ष ः सौमती ऐडी
७. ताजाकोट गाउँपालिका अध्यक्ष– पूर्णप्रसाद ढकाल
उपाध्यक्ष याङ्जु रोकाया कुँवर
कालिकोट
१. नरहरीनाथ गाउँपालिका– अध्यक्ष ः धीरबहादुर बिष्ट

उपाध्यक्ष ः सुनीता बुढा सहकारी
२. सन्नी त्रिवेणी गाउँपालिका– अध्यक्ष ः नवराज देवकोटा
उपाध्यक्ष पार्वतीसिंह सञ्ज्याल
३. पलाता गाउँपालिका– अध्यक्ष ः धीरबहादुर बम
उपाध्यक्ष ः वविता उपाध्याय
४. कालिका गाउँपालिका– अध्यक्ष ः खडानन्द चौंलागाईं
उपाध्यक्ष ः पम्फा शाही
५. रासकोट नरपालिका– अध्यक्ष ः मणीराज बराल
उपाध्यक्ष ः उमा शाही
६. पतालझर्ना गाउँपालिका– अध्यक्ष चन्द्रबहादुर शाही
उपाध्यक्ष दक्षिणा शाही
७. तिलागुफा नगरपालिका ः अध्यक्ष कलबहादुर शाही
उपाध्यक्ष ः गंगादेवी खत्री
८. महावै नगरपालिका अध्यक्ष दानकला सिंह
उपाध्यक्षः मनराज शाही
९. खाडाचक्र नगरपालिका अध्यक्ष ः जसीप्रसाद पाण्डे
उपाध्यक्ष ः बिजया बिष्ट

मुगु
१. छाँयानाथ रारा नगरपालिका ः प्रमुख ः जीतबहादुर मल्ल
उपप्रमुख ः सुन्तला रोकाया
२. खत्याड गाउँपालिका– अध्यक्ष ः उब्जन शाही
उपाध्यक्ष ः जयानन्दा रावल
३. मुगम कर्मारुम गाउँपालिका – अध्यक्ष ः सोनाम छिरिङ लामा
उपाध्यक्ष ः छिरिङ लामा
५. सोरु गाउँपालिका– अध्यक्ष ः धर्मबहादुर शाही
उपाध्यक्ष ः राज्यलक्ष्मी मल्ल
डोल्पा
१. त्रिपुरा सुन्दरी नगरपालिका– प्रमुख ः ओमबहादुर बुढा
उपप्रमुख ः चन्द्रकुमारी बुढा
२. मुड्केचुला गाउँपालिका– प्रमुख ः लंकबहादुर रोकाया
उपप्रमुख ः सुनीताकुमार रोकाया
३. जगदुल्ला गाउँपालिका– अध्यक्ष ः दलबहादुर महतारा
उपाध्यक्ष ः बुधकला बोहरा
४. काबुके गाउँपालिका– अध्यक्ष ः अंगद राना
उपाध्यक्ष ः उन्जान बुढा
५. छार्कापाङ सोङ गाउँपालिका– अध्यक्ष ः धोता गुरुङ
उपाध्यक्ष ः टिक्की गुरुङ
६. से फोक्सुण्डो गाउँपालिका– अध्यक्ष ः तसी तुन्डुक गुरुङ
उपाध्यक्ष ः छोल्डिङ पाल्मु लामा
७. ठूलीभेरी नगरपालिका– प्रमुख ः गणेशबहादुर शाही
उपप्रमुख ः रोशन हमाल

रुकुम
१. मुसिकोट नगरपालिका– प्रमुख ः विमलकुमार पुनमगर
उपप्रमुख ः केशरी गौतम
२. चौरजहारी नगरपालिका– प्रमुख ः शेरबहादुर केसी
उपप्रमुख ः कल्याणी खड्का
३. आठबीसकोट नगरपालिका– प्रमुख ः हरिप्रसाद शर्मा
उपप्रमुख ः अमृताकुमारी शाही
४. बाफीकोट गाउँपालिका– अध्यक्ष ः नगेन्द्रप्रसाद रिजाल
उपाध्यक्ष ः बिउझना पुन
५. सिस्ने गाउँपालिका– अध्यक्ष ः नन्दलाल शर्मा
उपाध्यक्ष ः नुभेन्द्र खड्का
६. उता उत्तरगङ्गा गाउँपालिका– अध्यक्ष ः भीउमान घर्तीमगर
उपाध्यक्ष ः सीता छताले
७. भूमे गाउँपालिका– अध्यक्ष ः बाफी सुनार भन्ने आशा स्वर्णकार
उपाध्यक्ष ः कमानसिंह डाँगी
८. त्रिवेणी गाउँपालिका– अध्यक्ष ः गणेशबहादुर खड्का
उपाध्यक्ष ः कल्पना ओली
९. सानीभेरी गाउँपालिका– अध्यक्ष ः मनवीर घर्ती
उपाध्यक्ष ः लक्ष्मी पुन

सल्यान
१. छत्रेश्वरी गाउँपालिका– अध्यक्ष ः ओमबहादुर बुढाथोकी
उपाध्यक्ष ः बुद्धकुमारी खत्री
२. वनगाड कुभिण्डे नगरपालिका– प्रमुख ः गोविन्दबहादुर पुन
उपप्रमुख ः चम्फा पुरी ओली
३. बाघचौर नगरपालिका– प्रमुख ः लोकबहादुर डाँगी
उपप्रमुख ः उमादेवी खत्री
४. कुमाखमालिका गाउँपालिका– अध्यक्ष ः भैरवबहादुर साह
उपाध्यक्ष ः शान्ति चन्द
५. दार्मा गाउँपालिका– अध्यक्ष ः भीमलादेवी चन्द
उपाध्यक्ष ः दलबहादुर केसी
६. ढोरचौर गाउँपालिका– अध्यक्ष ः चित्रबहादुर चलाउने
उपाध्यक्ष ः पुष्पाकुमारी बोहरा
६. पुर्काेट गाउँपालिका– अध्यक्ष ः भीमबहादुर सेन
उपाध्यक्ष ः तिला बुढा
७. त्रिवेणी गाउँपालिका– अध्यक्ष ः लोकेन्द्रसिंह खड्का
उपाध्यक्ष ः पवित्रा केसी
८. कालिमाटी गाउँपालिकाः अध्यक्षः दानबहादुर केसी
उपाध्यक्ष ः सहनशीला डिसी
९. शारदा नगरपालिका प्रमुख ः रामकुमार खड्की
उपप्रमुख ः सरिता हमाल मल्ल

जाजरकोट
१. भेरी नगरपालिका– प्रमुख ः चन्द्रप्रकाश घर्तीमगर
उपप्रमुख ः देवी नेपाली
२. छेडागाड नगरपालिका– प्रमुख ः लालबहादुर महतारा
उपप्रमुख ः सरिता ओली
३. त्रिवेणी नलगाड नगरपालि