नेपालको चुनावमा भारतीयको उम्मेद्वारी र मताधिकार

prachandaicon

धरान, १४ बैशाख | अन्तत भारतीय चलखेलले संबिधान संसोधन हुन् लागेको खुलासा भएको आजको नागरिक अनलाइनले लेखेको छ | एउटा भारतीय अनलाइन को रिपोर्ट उद्घृत गर्दै नागरिकले लेखेको समाचारमा भनिएको छ कि संबिधान संसोधन भएपछि भारतको बिहार र उतर प्रदेशका नागरिकले पनि उमेद्वार हुन् पाउने र मतदान गर्न पाउने उल्लेख गरेका छन् | सो अनलाइनका अनुसार यो बिषयमा नेपाल सरकार र भारतीय सरकार बीच सहमति पनि भैसकेको छ |

स्मरण रहोस यहि बैसाख १० गते मधेसी मोर्चाले भारतीय राजदुतलाई भेटे पछि प्रचण्ड सरकारले संबिधान संसोधन गर्न प्रस्ताव दर्ता गरेका थिए |

भारतीय राजदुत मन्जिव सिन्हले मधेसी मोर्चालाई १० गते बोलाएर त्यहि भनेका थिए | त्यसै गरि मोर्चाको प्रमुख माग पनि त्यहि हो कि निर्वाचन अगाडी संसोधन र नागरिकता बितरण संगै फोटो सहितको मतदाता परिचय पत्र बितरण गर्नु हो | मतदाता परिचय पत्र नभई मताधिकार नहुने र भारतबाट नव प्रवेशिको मतले चुनाव जित्ने मोर्चाको सपना पुरा नहुने मधेसी मोर्चा र भारतीय पक्षको ठहर हो | यहि आधारमा भारतीय अखबार र अनलाइनले यो संसोधनको बिषय प्रमुखताका साथ् मोर्चालाई सघाई रहेका छन् |

अझ चाख लाग्दो कुरा त यो पनि छ कि एमालेले दुइ चरणमा स्थानिय निर्वाचन गर्नु पर्ने धारणा राखेको बेला प्रचण्डले एकै पटक गर्न सकिने प्रतिबध्दता जनाएका थिए | यो अडान १० गते सम्म मात्र रह्यो |

नागरिक अनलाइनको लिंक :

http://www.nagariknews.com/news/18910/

Advertisements

दलहरुको चुनावी खर्च: धान्न गाह्रो

Thaousand ruppees

धरान, १३ बैशाख |चुनाव प्रचारको मध्य भागमा एक्कासि सरकारले चुनाव दुइ चरणमा हुने र त्यो अगावै संबिधान संसोधन गर्ने निर्णय गरेको छ | यसलाई प्रतिष्पर्धी दलहरुले आफ्नै व्याख्या गरेका छन् | एमालेको वुझाइमा चुनाव नगराउने सरकारको खेल सम्झेको छ | कांग्रेस र माओवादी केन्द्रकै सरकार भएकोले उनीहरुले सरकारको घोशणालाइ स्वीकारेका छन् | त्यसैगरी नेमकिपा जस्ता साना दलहरु पनि चुनाव होस् भन्ने चाहना राखेका देखिन्छ | प्रतिपक्षी एमाले लगाएत दलहरु सरकारको यो कार्यलाई राष्ट्रघाती कदम भनिरहेका छन् | ति दलहरुका अनुसार जनता चुनावमा एकोहोरिएका वेला बिहार बाट काम वा अन्य शिल शिलामा आएका भारतीय नागरिकलाइ नेपालि नागरिकता दिने सु-अवसरका रुपमा माओबादि केन्द्र र कांग्रेस (सता गठबन्धन ) संबिधान संसोधन गर्न लागिरहेका छन् | प्रतिपक्षीको अर्को आरोप भनेको स्थानीय सरकारको छ | माथिल्लो सदनमा जाने संसद सदस्यको गापा पदाधिकारीको अधिकार खोस्न सरकार लागि परेको बताउछन प्रतिपक्षी हरु |

यी जे हुन् | चुनाबको आधि उधि काम सकिएको र त्यसको आर्थिक खर्च भार चाहि उल्लेख गर्न लाएक देखिन्छ | कुन दल दलले अहिले सम्म कति खर्च गरे | त्यसको हिसाब आउन अहिले नै कठिन होला तर दलहरुको कार्यक्रम हेर्दा झन्डै चुनाब बजेटको आधि खर्च सकिसकेको हुनु पर्छ | चुनावी तिब्रता हेर्दा एमालेले अरु भन्दा बढि खर्च गरेको अनुमान गर्न सकिन्छ | एक नेताका अनुसार एमालेले कुन अनुमानित बजेटको १० प्रतिशत खर्च गरिसकेको बताउछन | तर तथ्यांकले सबैको बराबारी खर्च देखाउछ | हाम्रो बिश्वस्त सुत्रका अनुसार ३० प्रतिशत खर्च भैसकेको देखिन्छ | कांग्रेसको यसकारण पनि धेरै खर्च भएको अनुमान छ कि दुइ वटा समूहले आ-आफ्नै चुनावी अभियान चलाएका छन् | माओबादि केन्द्र र एमालेको उतिकै खर्च देखिन्छ |

निर्वाचन लम्बिएको कारण आर्थिक भार अझै थपिने निश्चित छ | सरकारको घोषणा अनुसार बैसाख ३१ को निर्वाचन एक महिना सर्ने देखिन्छ | तथापि एमालेले त्यो भन्दा अगाडि नै गर्नु पर्ने जोड दिएकोले आर्थिक भार कम हुने सम्भावना पनि छ | यदि जेष्ठ ३१ मै निर्वाचन हुने हो भने सवै दलहरुको आर्थिक भार आकासिने पक्का छ | कांग्रेस धरानका एक नेता भन्छन ” खर्च थेग्नै गाह्रो- सवारी साधन, माइक, स्टेज, चियापान जस्तो सामान्य आवश्यक कुरा पनि पुरा गर्न नसकिने अबस्था आउनेछ” | त्यसै गरि एमालेका नेताहरु खर्च धान्न कठिन हुने सुनाउछन | माओवादी केन्द्रको पनि हालत त्यो भन्दा फरक नहुने धारणा सुनाउछन धरान नगरका एक सदस्य |

राष्ट्रिय साइकल संघ गठन 

National Cycling Associationधरान,बैशाख १० । साहसिक खेलप्रेमी युवाहरुको एक भेलाले राष्ट्रिय साइक्लिङ संघको सुनसरी शाखा गठन भएको छ । आइतबार धरानमा भएको भेलाले श्याम तामाङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको सचिवमा गोपाल पौडेल, कोषाध्यक्षमा युवराज राई रहेका छन् भने सदस्यहरुमा सुमन राई, सुजन खत्री, सुजन चौधरी, आर्यन भट्टराई, राजन राई, अरुण चापागाई, अशोक राई र प्रेम थापा रहेका छन् । होटल ड्रिमल्याण्डमा आयोजित भेलाले संघको पहिलो जिल्ला शाखा गठन गरेको जनाइएको छ । जिल्लामा रहेका साइक्लिष्टहरुबीचमा एकता ल्याउदै धरानलाई साइकल सिटि बनाउने उद्दश्यले संघ गठन भएको तदर्थ समितिका अध्यक्ष तामाङले बताए । सोही भेलामा एमालेका धरान अध्यक्ष एवं मेयरका उम्मेद्वार तारा सुब्बाले साइक्लिष्टहरुसँग अन्र्तक्रिया गर्दै सुझावहरु पनि संकलन गरेका थिए । साथै, सुब्बाले धरानलाई साइकल सिटिको लागि आवश्यक भौतिक पुर्वाधार तयार गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । संघका केन्द्रीय अध्यक्ष जीवन राईको प्रमुख आतिथ्यमा आयोजित भेला नवराज राईको अध्यक्षतामा भएको थियो । भेलामा करिब तीन दर्जन साइक्लिष्टहरु भेला भएका थि

नेवा एकता समाजका हलवाई र महिला उद्यमी शाक्य एमालेमा

umlधरान /नेवार एकता समाज धरान –१० का अध्यक्ष चन्द्र हलवाई तथा स्थानिय महिला उद्यमी ममता शाक्य मङगलबार एमालेमा प्रबेश गरेका छन् ।मङगलबार आयोजीत एक कार्यक्रममा हलवाइ र शाक्य एमालेमा प्रबेश गरेकाहुन् ।

उनीहरुलाई संसद कृष्णकुमार राई र एमाले धरानका अध्यक्ष तथा एमालेबाट मेयरका दाबेदार तारा सुब्बाले हलवाई र शाक्यलाई पार्टि प्रबेश गराएका थिए । कार्यक्रममा बोल्दै संसद कृष्णकुमार राईले देशको भिजन र मिसन भएको पार्टि एमाले भएको बताए ।

एमाले धरानका अध्यक्ष तथा एमालेबाट मेयरका दाबेदार तारा सुब्बाले धरानको बिकाश र संबृद्धिकालागि एमालेले स्पस्ट भिजन तयार पारि सकेको भन्दै अब नगरबासिको सहयोग लिएर बिकाशका कामलाई अगाडि लाने बताए ।

 

नेपाल राष्ट्रिय बाणिज्य संघको चुनावी भेला सम्पन्न नेपाल

 

This slideshow requires JavaScript.

राष्ट्रिय बाणिज्य संघ, धरान उपमहानगर कमिटिको बृहत भेला संघका अधक्ष्य काजि गिरिको अधक्ष्यतामा एवं धरान उपमहानगर निर्वाचन परिचालन कमिटिक संयोजक क. प्रकाश राईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो| उक्त कार्यक्रममा परिचालन कमिटि सह-संयोजक क. प्रदिप भण्डारी, जिल्ला कमिटि सचिबालय सदश्य क. मुरारी सुबेदी,जिल्ला सचिबालय सदश्य खम्बा सिंह गुरुङ , जिल्ला सदश्य एवं उपमेयर सिफारिश हुनुभएकी क. मंजु भण्डारी, धरान उपमहानगर बिसेष संगठन कमिटिका अधक्ष्य एवं मेयर सिफारिश हुनुभएका क. तारा सुब्बा, नेपाल राष्ट्रिय बाणिज्य संघ जिल्ला कमिटि सुनसरीका अधक्ष्य केदार लामिछाने, जिल्ला सचिब बिश्वोराम कार्की, सल्हाकार डम्बर गुरुङ , बाणिज्य संघ नगर कमिटि इन्चार्ज हिमाल लिम्बू, जिल्ला युवा समिति अधक्ष्य हर्क जंग एbheगको उपस्थिति रहेको थियो | कार्यक्रममा पार्टी नगर कमिटिका अधक्ष्य तथा मेयर सिफारिश हुनुभएका क. तारा सुब्बा, जिल्ला बाणिज्य संघका अधक्ष्य केदार लामिछाने र प्रमुख अथिति एवं निर्वाचन मूल परिचालन कमिटिका संयोजक क. प्रकाश राईले सम्बोधन गर्नु भयेको थियो | नेपाल राष्ट्रिय बाणिज्य संघले ५५१ सदश्य निर्वाचन परिचालन कमिटि काजी गिरिको संयोजकत्वोमा निर्माण गरेको नगर बाणिज्य इन्चार्ज हिमाल लिम्बूले जानकारी दिनु भयो |

“सरकार गैर जिम्मेवार”: एमाले स्थाई कमिटि

UML-standing-committee-meeting

नेकपा (एमाले) स्थायी कमिटीको ६० औं बैठकको निर्णय छ:

 

१. नेकपा (एमाले) २०७४ बैशाख ३१ गतेका लागि निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने दृढ मान्यता राख्दछ । तर निर्वाचन सम्पन्न गर्न मुख्य जिम्मेवारी बहन गर्नु पर्ने सरकार भने एक पछि अर्को संविधान संशोधनको प्रस्ताव अगाडि सारेर निर्वाचनको वातावरण बिगार्ने र अन्यौल थप्ने काम गरिरहेको छ । गतः मब्सिरमा प्रस्तुत गरिएको संशोधन विधेयक विरुद्ध सशक्त जनदबाब सिर्जना भइसकेपछि र विधेयकका कतिपय प्रावधानहरू संविधानको मर्म विपरित रहेको सर्वोच्च अदालतको ठहरपछि विधेयक फिर्ता लिएर वातावरण सहज बनाउनुको सट्टा संसदमा फेरि अर्को विधेयक दर्ता गरिएको छ । असन्तुष्ट पक्षलाई रिझाउने नाममा सरकारले अगाडि बढाएको यो कदम संविधान निर्माणमा मुख्य भूमिका खेलेका नेकपा (एमाले) लगायत दलहरूसँग दूरी र द्वन्द्व बढाउने उद्देश्यले प्रेरित छ । यी कामहरू सब्क्रमणकालीन सरकारका सीमा र जिम्मेवारी विपरित छन् ।

२. संविधानको धारा २७४ का महत्वपूर्ण उपधाराहरू संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिहरूका अधिकारहरू कटौती गर्ने प्रस्तावित संशोधनका प्रावधानहरू यस अगाडिको संशोधन विधेयकभन्दा पनि बढी पश्चगामी र जनविरोधी छन् । सम्मानित अदालतको फैसला विपरित सम्बन्धित धारा नै परिवर्तन गर्न खोज्नु भनेको अनैतिक र संविधान विरुद्धको जालसाजी समेत हो । वर्तमान सरकार नेपालको संविधानको आधारभूत संरचना र हामीले स्थापित गरेको सब्घीयताको मौलिक ढाँचामाथि नै प्रहार गर्न उद्यत् छ भन्ने हाम्रो पार्टीको निष्कर्ष छ । पार्टी संविधानको आधारभूत संरचनालाई नै खल्बल्याउने, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर गर्ने तथा स्थानीय तहका अधिकारहरू कटौती गर्ने कुनै पनि प्रयाशका विपक्षमा रहेको र रहिरहने स्पष्ट पार्न चाहन्छौं ।

३. आफ्नै पूर्व–घोषणा विपरित बिना कुनै आधार र औचित्य एक महिनाको अन्तरालमा दुई चरणमा निर्वाचन गर्ने र दोस्रो चरणको मिति बर्खायाममा सार्ने सरकारको यो निर्णयले निर्वाचनलाई अन्यौलग्रस्त बनाएको छ । यस निर्णयले निर्वाचनको तयारीमा भइसकेको ठूलो धनराशीलाई व्यर्थ तुल्याउने छ र निर्वाचन खर्चमा ठूलो वृद्धि गर्नेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्नै पर्ने संवैधानिक दायित्वलाई वेवास्ता गर्दै अगाडि सारिएको यो प्रस्ताव बजेट मार्फत् नयाँ कार्यक्रम अगाडि सारेर मतदातालाई प्रभावित गर्ने दुराशयबाट प्रेरित छ । यो निर्वाचनको सर्वमान्य सिद्धान्त र निर्वाचन आचार–संहितासमेतको विरुद्ध छ । निर्धारित समयमा बजेट प्रस्तुत गरेर मुलुकको आर्थिक विकासको व्यवस्थित पद्धति बसाल्न संविधानमै गरिएको यो व्यवस्थालाई कमजोर गर्ने कुनै पनि कदम नेकपा (एमाले) लाई मान्य नहुने स्पष्ट पार्न चाहन्छौं ।

राइहरुले एमालेलाइ भोट हाल्ने !

Rai's

समानुपातिक टिकट बितरणमा जोड

इटहरी, बैशाख १०|नेपाल लोकतान्त्रिक किरात राई संघ को २०७४/१/९ गते बसेको केन्द्रिय कमिटिको बैठकको निर्णय बमोजिम एक नम्बर प्रदेश बसोबास र जनसंख्याका हिसाबले राईहरुको बाहुल्य क्षेत्र भएको हुनाले आसन्न स्थानीय तहको निर्वाचनमा योग्यता, क्षमता, लोकप्रिय, आर्थिक नैतिक पतन नभएका, स्थानीय तहको बिकाश र सम्बृद्धिमा भूमिका खेल्न सक्ने राई समुदायका आकंशीहरु लाई प्राथमिकतामा राख्नका लागि २०७४/०१/१० गते एक नम्बर प्रदेश संगठन कमिटिका संयोजक क. भिम प्रसाद आचार्य एवं सह-संयोजक क. शेरधन राई समक्ष्य ध्यानआकर्षण पत्र बुझाईएको छ | कार्यबाहक अधक्ष्य सर्वधन राई द्वारा हस्तक्षेरित उक्त पत्रमा सिङघदरबारलाइ जनताको घर दैलोमा ल्याउने यो स्थानीय तहको निर्वाचनमा नेकपा एमाले अब देशै भरि जित्ने र संबिधानले प्रदत्त अधिकार अब सुनिस्चित हुनेछ, “सम्बृद्ध नेपाल र सम्बृद्ध नेपाली” अभियानले सार्थकता पाउने छ र यसका लागि नेपाल लोकतान्त्रिक किरात राई संघ केन्द्रिय कमिटि लाग्ने संघका महासचीब जीवन राईले बताउनु भयो| यस पटकको स्थानीय निर्वाचनले साचैनै लोकतान्त्रिक गणतन्त्र चुला चौकामा पुग्ने साथै स्थानीय तहका आधारभूत बिसयमा नीति निर्माण समेत गर्ने हुदा सबै राई समुदाय र आम जनतालाई सचेतनाको साथ् सुर्य चिन्हमा मतदान गरि सुर्य धोजा बहाक उमेदबारहरु लाई बिजय गराउन महासचिब जीवन राईले आवहान समेत गर्नु भयो |Rais