‘नाकाबन्दी छैन भन्नेहरु लोकतन्त्रिक नाममा जनघाती उम्मेदवार’: उम्मेदवार राई

Jaydai

सुनसरी क्षेत्र नं १ मा प्रतिनिधि सभाका बाम गठबन्धनका साझा उम्मेदवार जयकुमार राईले भारतले नेपालविरुद्ध नाकाबन्दी लगाउदा ‘नाकाबन्दी नै छैन’ भन्नेहरु अहिले लोकतान्त्रिक गठबन्धनको नाममा जनतालाई ढाट्दै भोट माग्न आइरहेको बताएका छन् । विष्णुपादुकामा आयोजित चुनावी कोणसभामा बोल्दै उम्मेदवार राईले जनता पेट्रोल, ग्यास, डिजेल नपाएर हाहाकार भइरहदा नाकाबन्दी छैन भन्ने जनघाती काग्रेस, समाजवादी फोरम पार्टीलाई जनताले कुनै हालतमा साथ दिन नहुने पनि धारणा राखे । ‘हिजो केपी ओली नेतृत्वको सरकार हुदा ६ महिना नाकाबन्दी भारतले लगायो । जनता पेट्रोल, ग्यास नपाएर छटपटि भइरहदा कांग्रेस, फोरमले नाकाबन्दी नै छैन भन्यो । यस्तो जनघाती पार्टीहरुलाई जनताले किन भोट दिने ?’उम्मेदवार राईले भने ।
उनले विष्णुपादुका, बाराहक्षेत्र, भरौल, बक्लौरीलगायतका सबै धार्मिक, साँस्कृतिक, पुरात्तात्विक क्षेत्रहरुको व्यावस्थापन र संरक्षण गरेर पर्यटनको केन्द्र बनाउने पनि घोषणा गरे । विष्णुपादुकामा एकीकृत पर्यटन योजना बनाउने, गोर्खा स्मृति पार्कको विकास गर्ने, सुर्यकुण्डमा भ्यु टावर बनाउने, विष्णुपादुकालाई जैविक मह, अदुवा, बेसार र अकबरे खोर्सानीको जोनमा प्रर्वद्धन गर्ने पनि योजना सुनाए । ‘सही ठाउँमा टेलफोन टावर बनाउछौं, आधुनिक कृर्षि बजारको व्यवस्था गछौं । पर्यटकीय चक्रपथ व्यवस्थित गछांै, खानेपानी आयोजना संचालन र कार्यान्वयन गछंौ,’उम्मेदवार राईले भने,‘साविक स्वास्थ्य चौकीहरुको स्तरोन्नती गर्ने, सडकको सञ्जाल बनाउनेछौं, बाख्रापालन, पशुपंक्षीपालन, वंगुरपालनको पकेट क्षेत्र पनि बनाउछौं । यी सबै प्रतिवद्धता पत्रमा छ, त्यो पुरा गछौं ।’
माओवादी केन्द्रकी प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार उमिता बराइलीले पनि विगतमा बामपन्थीहरुको सरकारले लोकप्रिय काम गरेपनि बहुमत नहुदा निरन्तरता पाउन नसकेको बताइन् । बाम गठबन्धनले बहुमतको सरका बनाएर ५ बर्षमा देशलाई समुन्नत र विकसित बनाउने उनको भनाई थियो । ‘देशको विकासमा बामपन्थी बहुमतको सरकार आवश्यक छ,’उनले भनिन् । उम्मेदवारसहितको टोली धरान १३, फुस्रेबाट तामाखाम, कार्कीछाप हुदै रमिते डाँडा टोड्केमा घरदैलो र कोणसभा गरेको थियो । टोड्केपछि भञ्ज्याङ र स्वारामा पनि बाम गठबन्धनका उम्मेदवारहरुको संयुक्त घरदैलो र कोणसभा सम्पन्न भएको निर्वाचन परिचालन कमिटिले जनाएको छ ।

कांग्रेसको टोल अध्यक्ष एमालेमा प्रवेश

Murari

धरान । धरान ११, सयपत्री चोकस्थित नेपाली कांग्रेसका टोल अध्यक्ष तुलबहादुर गुरुङ पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । निर्वाचन परिचालन समिति धरान ११ ले शनिबार आयोजित कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य एवं १ नं क्षेत्रीय निर्वाचन परिचालन कमिटि सह संयोजक मुरारी सुवेदीको उपस्थितिमा गुरुङ एमाले प्रवेश गरेका हुन् । उनलाई नेता सुवेदीले फुलमाला तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
वडा ११ निर्वाचन परिचालन संयोजक भद्रमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नगर सचिव राजमणी निरौला, रेतवीरमण राई, वडा अध्यक्ष बाबुलाल लामा, निर्वाचन परिचालक कमिटि धरान ११ का सचिव किरण राई, एमाले नगर सदस्य तथा नगर इञ्चार्ज सुसिल सुवेदी, अनेम संघ वडा ११ का अध्यक्ष शकुन्तला भुसाल, युवा संघ वडा ११ अध्यक्ष रोगेन्द्र राई, प्रेस चौतरी नेपालबाट जिल्ला संयुक्त निर्वाचन प्रचार प्रसार परिचालन समिति सचिवालय सदस्य उपेन्द्र चाम्लिङको पनि उपस्थिति थियो भने कार्यक्रममा १ नं क्षेत्रीय समन्वय समिति सदस्य तथा निर्वाचन परिचालन समिति सदस्य तोयानाथ न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।

‘जातीय अधिकारको लागि बाम उम्मेद्धवार’: जातिय संगठनहरु

Jatiyaधरान । आदिवासीको जनजातीको अधिकारको लागि मंसिर २१ ग्तेको निर्वाचनमा वाम उम्मेद्धवारलाई जिताउनुको विकल्प नभएको आदिबासी जनजाति अगुवाहरुले निष्कर्ष निकालेका छन् ।
नेकपा एमाले लोकतान्त्रिक जातीय घटकहरुको भेलाका अगुवाहरुले बाम गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित भएको पनि ठहर गरेका छन् । जातीय मोर्चा संगठन परिचालन संगठन निर्वाचन उप समिती क्षेत्र नम्बर १ ले आयोजनामा भएको भेलामा प्रमुख अतिथी रहेका लोकतान्त्रिक लिम्वु संघका केन्द्रिय अध्यक्ष एवं आदिवासी जनजाती महासंघका केन्द्रिय सदस्य त्रिवेणी चोङ्गबाङ्गले आदिवासी जनजातीको अधिकार वाम गठवन्धनबाट मात्र सुनिश्चित हुने बताए । सबै जातजातीको तर्फबाट प्रतिनिधित्व गर्ने साझा वाम उम्मेद्धवार भएकाले आदिवासी जनजातीले अन्य नक्कली उम्मेद्धवारसँग झुक्किन नहुने पनि चोङ्गबाङ्गको भनाई छ । उनले भने,“सम्पुर्ण जनजाती एक हुने वेला आएको छ, मौकालाई ख्याल गरेनौं भने आदिवासी जनजाती स्वयम् पछि पर्नेछौं ।”
कार्यक्रममा विशेष अतिथी नेकपा एमाले क्षेत्रीय अध्यक्ष इन्द्र बहादुर राईले मुलुकको समृद्धि र विकाससँगै जनताको गाँस, वाँस र कपासको ग्यारेण्टी अब वाम गठवन्धनको सरकारले गर्ने भएकाले बाम उम्मेद्धवारलाई सम्पुर्ण जातजातीले विजय गराउनुपर्ने आवश्यकता भएको बताए । लोकतान्त्रिक गठवन्धनको नाम गरेर टुरिष्ट उम्मेद्धवार आएकाले मतदाताले स्थानीय सक्कली बाम उम्मेद्धवारलाई चिनेर मतदात गर्न पनि उनले आग्रह गरे । भेलामा जातीय घटकहरु लिम्वू संघ, नेवार संघ, तामाङ्ग संघ, शेर्पा संघ, राई संघ लगायतका अगुवा नेताहरुको सहभागितामा थियो । कार्यक्रमको अध्यक्षता जातीय मोर्चा संगठन निर्वाचन परिचालन कमिटीका सह संयोजक हर्कङ्गजङ्ग एभेङ्गले गरेका थिए भने अतिथीहरु वाम गठवन्धन संयतm निर्वाचन परिचालन कमिटीका सह संयोजक तीर्थ मास्के , वेणु काफ्ले , राष्ट्रिय जन साँस्कृतिक महासंघ प्रदेश १ का सदस्य हर्क चुम्बे लगायतको उपस्थिती रहको थियो ।

‘कांग्रेसको गठबन्धन लुटतान्त्रिक हो ‘: भीम आचार्य

Bhim Acharya

धरान,मंसिर ९ । नेकपा एमालेका सचिव एवं सुनसरी क्षेत्र नं १ प्रदेशसभा-ख) मा बाम गठबन्धनका उम्मेदवार भिम आचार्यले कांग्रेस नेतृत्वको गठबन्धन लोकतान्त्रिक नभई लुटतान्त्रिक गठबन्धन भएको बताएका छन् । धरानको वडा नं २० स्थित विष्णुपादुका टोट्केमा शनिबार घरदैलो पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार आचार्यले कांग्रेसले २०४६ सालयता २ पटक बहुमतको सरकार बनाए पनि देश र जनताको लागि केही नगरी लुटतन्त्र मात्र चलाएको बताए 
एमालेको अल्पमतको सरकार हुदा आप्m्नो गाउँ आफै बनाउ कार्यक्रम ल्याएर गाउँ गाउँमा बजेट पुर्याएको, विधुवा तथा वृद्धा भत्ता दिएकोजस्ता जनप्रिय र विकासको कार्यक्रम ल्याएको उनले बताए । कांग्रेसले भने जहिल्यै पनि सत्तामा बसेर देश र जनतालाई लुटेको भन्दै नेता आचार्यले अहिलेको गठबन्धन पनि लोकतान्त्रिक नभई लुटतान्त्रिक भएको आरोप लगाए । ‘कांग्रेसको गठबन्धन लोकतान्त्रिक होइन, लुटतान्त्रिक हो । कांग्रेसले सत्तामा बसेर लुट्ने, खानेबाहेक केही पनि गरेन र अब पनि गर्दैन । जनतालाई पनि चुनावको बेला मात्र पैसा बाड्ने, खुवाउने पिलाउने गर्छ,’प्रदेशसभा(ख)का उम्मेदवार आचार्यले भने,‘त्यसैले देशको विकास गर्न, रोजगारी र आर्थिक समृद्धि ल्याउन बाम गठबन्धनलाई जिताउनुस्, प्रदेश र केन्द्रमा बहुमतको सरकार बनाउछौं, तपाईहरुले भनेको काम गछौं ।’
विगतमा एमाले होस वा माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकार होस्, राम्रो काम गर्न खोज्यो कि षडयन्त्र गरेर सरकार ढाल्ने गरेकोले अब ५ बर्षसम्म बामपन्थीहरुको बहुमतको स्थिर सरकार बनाउन जनताले मत दिएर जिताउन पनि आचार्यले आग्रह गरे । कांग्रेसले विगतमा २ पटक बहुमतको सरकार बनाउदा के गर्यो भनेर प्रश्न गर्न पनि आचार्यले मतदाताहरुसँग आग्रह गरे । आफु निवार्चित भएर गएपछि विष्णुपादुका, बराहक्षेत्रको बाटो, खानेपानी व्यवस्थापन, मन्दिर व्यवस्थापन, विजुलीलगायत पुर्वाधार विकासमा बजेट हालेपनि पर्याप्त नभएकोबारे आफु जानकार भएको उनले बताए । ‘म २ पटक जितेर संविधानसभामा गए, तर त्यतिबेला संविधान निर्माण गरेर जनतालाई अधिकारसम्पन्न गराउनु मुख्य कार्यभार थियो । अब ती कार्यभार सकिएको छ र जनतालाई विकास, समृद्धि दिनुछ । यो चुनाव पछि बामपन्थीहरुको बहमुतको सरकार बनाएर ती सबै अधुरा काम पुरा गछांै,’आचार्यले भने,‘रोजगारी सृर्जना गर्ने, कृर्षिमा आत्मनिर्भर बनाउने, खानेपानी र बाटो पुरा गर्ने, भञ्ज्याङ र रमिते डाडा आउने बाटोमा सर्दुमा पुल हाल्ने काम अबको ५ बर्षभित्र पुरा हुन्छ ।’
प्रदेश नं १ को भावी मुख्यमन्त्रीकोरुपमा पनि चर्चामा रहेका नेता आचार्यले अबको ५ बर्षभित्र पर्याप्त विजुली उत्पादन गरेर गाडी, रेल, चुलोलाई सबै नेपालीहरुले विद्युतीयरुपमा उपभोग गर्नसक्ने अवस्थामा पुर्याउने बाम गठबन्धनको योजना रहेको बताए । उनले भने,‘५ बर्षभित्र ग्याँसको विकल्पमा विद्युतीय चुलो हुन्छ । गाडी बस पनि विद्युतबाटै चल्ने हुन्छ । पुर्वपश्चिम राजमार्ग, जोगवनीदेखि किमाथांकासम्म, रक्सौल विरगञ्जबाट हेटौडा, सुनौली भैरहवादेखि बुटवल सबैतिर विद्युतीय रेल चल्छन्, र देश आर्थिकरुपमा समृद्ध बन्छ ।’