धरानमा मत गणना रोकिनुको यथार्थ

 

घट्ना क्रम

बिहानै देखि धरान-९ को मत गणना हुने तरखरमा निर्वाचन आयोग थियो | जनताको माग छिटो मत गणना होस् भन्ने थियो त्यसका लागि कर्मचारी बढाउनु पर्थ्यो | धेरै समुहमा विभाजन गर्न कर्मचारी अपुग भए पछि शिक्षकलाइ मत गणकको रुपमा लिने भन्ने आयोगको योजना मुताबिक दुहबी र इटहरीमा गणना गर्दै गरेका र केहि नया कर्मचारी ( शिक्षक ) मगाइयो |

९ नम्बरको मत गणना शुरु भयो | त्यसमा थिए कर्मचारीको तर्फबाट एक जना मत गणक (शिक्षक) मान बहादुर कार्की | ति मान ब. जस्ले माओबादि केन्द्रको उप-मेयरमा खसेको ३४ मत अनुसुचिमै नभएको माओबादि केन्द्रकै उप-मेयरको गणनाको लागि मालेको  मत संकेतलाई केरमेट गरेर त्यहि कोलममा राखी दिए जुन कारणले बिबाद निम्तियो | त्यति मात्र गरेनन उनले मसालमा आएको मतलाई त्यहि छेउमा लगेर जोडी दिए |

 

को हुन् गल्ति गर्ने कर्मचारी?

यसको सृंखलाले एमालेलाई नै त्रसित बनायो | आयोगबाट कर्मचारी थप्ने क्रममा खेम चन्द्र सुबेदी (धरान स्रोत केन्द्रको स्रोत व्याक्ति) जो माओवादी केन्द्रको कार्यकर्ता पनि हुन्, लाइ थप कर्मचारिको ब्याबस्थापन गर्न जिमेवारी तोकेका थिए | उनले त्यहि दिन (१९ गते बिहान ९ नम्बरको मत गणनाको दिन) ६ जना कर्मचारी मगाए | त्यहि मध्ये एक थिए मान ब. कार्की | ति शिक्षक त्यहा गणकको रुपमा एमालेको विरोधीको रुपमा सुबेदीले भित्र्याएका थिए | यो कुरा एमालेले कुनै छनक नै पाएन | ति कार्कीले मत पत्र त च्यात्न दिएन तर माओबादि केन्द्रको उप-मेयरको ३४ मतलाई अनुसूचिमा आफै स्तम्भ थपेर एमाले बिरुद्ध षडयन्त्र गरिसकेका थिए | जब त्यो अनुसूची गणेश खतिवडा (सहायक निर्वाचन अधिकृत) को हातमा आयो तब उनि यो गल्ति देखेर छक्क परे | उनले यो सच्याउन बसेका बखत कांग्रेसका सुजेन्द्र गोले र माओबादि केन्द्रका सुदर्शन श्रेष्ठ पनि त्यहि थिए | उनीहरुले तुरुन्तै बिरोध गरे र सामाजिक संजालमा छ्याप छ्याप्ती आउन थाल्यो कि एमालेका कर्मचारी निकाला | तर बास्तबिकता अर्कै थियो जो कर्मचारीले गल्ति गरे उनीहरु खेम चन्द्र सुबेदीले भर्ति गरेका एमालेको बिरुद्ध षडयन्त्र गर्न आएका थिए | त्यो षडयन्त्र सफल बनाएर अहिले उनीहरु गणना स्थल बाट निकालिए |

च्यात्ने क्रमको अर्को रुप

माओवादी केन्द्रले भरतपुर् काण्ड सिधै गराउन अप्ठेरो भएकोले त्यसको अर्को हत्कण्डा अपनाउने उपाए रचे | आफु निकट कर्मचारी ल्याउने अनि त्यसले जानी जानी गल्ति गराउने र गणना बिथोल्ने | त्यसका सफल बनाउने पात्रका नायक छानी दिए माओबादि केन्द्र निकटका स्रोत ब्याक्ति खेम सुबेदी | ति खेम सुबेदीले यस्तो बफादार मान्छे ल्याई दिए कि साच्चिकै गम्भीर गल्ति गरेर सबैको सामु राखी दिए | आखिर माओबादिले खोजेका नै यस्तै थियो |

 

 

 

 

Advertisements

Author: Election Media

I am a learner in writing and trying my best but also not satisfied with my articles and piece. May your suggestion and this personal blog help me to write a nice piece ever. Please leave comment and feedback for me at...nawarajrai2020@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s