महाभियोगको बिरोधमा अनेमसंघको बिरोध र्याली

This slideshow requires JavaScript.

धरान, बैसाख २० |अखिल नेपाल महिला संघ धरान नगर कमिटिको आयोजनामा न्यायालय माथिको ठाडो हस्तक्षेप, र एक महिला माथिको अपमान स्वरुप नेपालकि प्रथम महिला प्रधान न्यायधिश सुशिला कार्की बिरुद्ध नेपालि कांग्रेस र माओवादी केन्द्र गठबन्धन  सरकारले ल्याएको महाअभियोगका बिरुद्ध आज धरानको छाता चोक स्थित पार्टी कार्यालय बाट सयौको संख्यामा र्यालि निस्किएको छ | उक्त र्याली धरानको भानुचोकमा पुगी कोडसभामा परिणत भएको थियो | उक्त कोणसभा लाइ अनेमसंघ क्षेत्र न. १ अधक्ष्य लहरु जिमी, नेकपा एमाले जिल्ला कमिटि सुनसरी सदश्य मंजु भण्डारी एवं अनेमसंघ सुनसरी उपाध्यक्ष बेनु काफ्ले सम्बोधन ले गर्नु भएको थियो | सम्बोदनमा बक्ताहरुले अबिलम्ब महाभियोग फिर्ता नलिए मेची-महाकाली आन्दोलनको ज्वारभाटा उठ्ने चेतावनी समेत दिनु भएको थियो |

कोणसभालाइ नगर कमिटी सचिब बिजयकला राईले संचालन गर्नु भएको थियो भने समापन अनेमसंघ नगर अधक्ष्य रन्जु भण्डारीले गर्नु भयो | साथै आज महाभियोग फिर्ता लिन सरकारलाई दबाब दिन हस्ताक्षर संकलन कार्यक्रम समेत घन्टाघर अगाडी संचालन भएको थियो|Anema

डोल्पामा एमालेका दुई गाउँपालिका अध्यक्ष सहित २१ वडाध्यक्ष निर्विरोध

images1डोल्पाका २ गाउँपालिका एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन ।  से फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष , वडाअध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित हुनु भएको हो । सो गाउँपालिकामा नौ वटा वडा रहेका छन् । त्यसै गरी डोल्पो बुद्ध गाउँपालिकामा एमालेका लंकवहादुर रोकाय पनि निर्विरोध हुनु भएको हो । विभिन्न गाउँपालिकाका ६५ वडा वडामध्ये २१ वडामा एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।

से फोक्सुन्डो गाउँपालिकाको प्रमुखमा टसी टुन्डुप गुरुङ निर्विरोध निर्वाचित हुनु भएको हो । से फोक्सुन्डो गाउँपालिकामा एमालेका अध्यक्ष गुरुङसहित ९ वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको ओ। डोल्पोबुद्ध गाउँपालिकामा ५ वडाध्यक्ष निर्विरोध हुनुभएको छ । छार्का ताङसोङ गाउँपालिकामा ५ वडाध्यक्ष र काइते गाउँपालिकामा २ वडाध्यक्ष निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

मंगलबार भएको मनोनयन दर्ताको दिन नै एमालेका उम्मेदवारहरु निर्विरोध निर्वा्चित भएका जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

सबै स्थानीय तहमा कांग्रेसका उम्मेद्वार, कहाँ को–को?

Congress

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका सबै उम्मेद्वारहरुले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दाखिला गरेका छन् । पहिलो चरण अन्तर्गत तीन प्रदेशका ३४ जिल्लाका ४ महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउँ पालिकामा निर्वाचन हुँदैछ । सो निर्वाचनमा कांग्रेसका तर्फबाट निम्नानुसारका उम्मेदवारहरुले प्रमुख र उपप्रमुखसहित सबै पदमा उम्मेदवारी दर्ता गराएका पार्टीेले जनाएको छ।

नवलपरासी

नगरपालिकाको नाम प्रमुख उपप्रमुख
कावासोती न.पा. महेन्द्र पोखरेल खगिसरा गुरुङ
गैडाकोट न.पा. गजेन्द्रबहादुर आले विष्णु कँडेल सापकोटा
देवचुली न.पा. पूर्णकुमार श्रेष्ठ लक्ष्मी बँस्ताकोटी
मध्यविन्दु न.पा. चन्द्रबहादुर राना  

ओमकुमारी महतो

 

Advertisement Megha

स्याङ्जा

नगरपालिका÷गाउँपालिका प्रमुख उपप्रमुख
पुतलीबजार नगरपालिका श्री तुलसीराम रेग्मी श्री हिरादेवी शर्मा
भीरकोट नगरपालिका श्री छायाराम खनाल श्री सीमा के.सी. कर्माचार्य
वालिङ नगरपालिका श्री दिलिपप्रताप खाँण श्री कल्पना तिवारी
गल्याङ नगरपालिका श्री लालगोपाल अर्याल श्री खगिसरा भण्डारी
चापाकोट नगरपालिका श्री शिवकुमार गिरी श्री विमला श्रेष्ठ
हरिनास गाउँपालिका श्री देवकुमार मानन्धर श्री लीला थापा
अर्जुनचौपारी गाउँपालिका श्री दीर्घनारायण अर्याल श्री माया के.सी.

काठमाडौं

महानगर÷नगरपालिका प्रमुख उपप्रमुख
काठमाडौँ महानगरपालिका राजुराज जोशी हरिप्रभा खड्गी
कागेश्वरी मनोहरा न.पा. उपेन्द्र कार्की अनिता अधिकारी
कीर्तिपुर न.पा. राजकुमार नकर्मी जोनिशा महर्जन
गोकर्णेश्वर न.पा. सन्तोष चालिसे शान्ति नेपाल
चन्द्रगिरी न.पा. घनश्याम गिरी इन्द्रावती श्रेष्ठ
टोखा न.पा. हरिहर अधिकारी रजनी थापा
तारकेश्वर न.पा. श्रीराम थापा संगीता न्यौपाने अर्याल
दक्षिणकाली न.पा. मोहन बस्नेत वसन्ती महर्जन (तामाङ)
बुढानीलकण्ठ न.पा. राजु श्रेष्ठ सुभद्रा खड्का
नागर्जुन न.पा. मोहन बस्नेत कल्याणी खड्का
शंकरापुर न.पा. शंकर तिवारी मञ्जु खड्का

भक्तपुर

नगरपालिकाको नाम प्रमुख उपप्रमुख
सूर्यविनायक नगरपालिका विष्णुराज कार्की
भक्तपुर नगरपालिका रामप्रसाद कासुला गंगा लक्ष्मी अवाल
चाँगुनारायण नगरपालिका राजाराम खड्का सरु वानियाँ
मध्यपुर ठिमी नगरपालिका अष्टकुमार कवे अञ्जना मधिकर्मी

चितवन

महानगरपालिका÷नगरपालिका प्रमुख उपप्रमुख
भरतपुर महानगरपालिका श्री दिनेश कोइराला श्री पार्वती शाह
रत्ननगर नगरपालिका श्री रुपनराज घिमिरे श्री नीता ढकाल
खैरहनी नगरपालिका श्री राजेन्द्रप्रसाद चौधरी श्री सुशीला उप्रेती

कास्की

नगरपालिकाको नाम प्रमुख उपप्रमुख
पोखरा लेखनाथ महानगरपालिका रामजी कुँवर सरस्वती गुरुङ

ललितपुर

महानगर÷नगरपालिकाको नाम प्रमुख उपप्रमुख
ललितपुर महानगरपालिका चिरीवावु महर्जन गीता सत्याल
गोदावरी नगरपालिका गजिन्द्र महर्जन मुना अधिकारी
महालक्ष्मी नगरपालिका महेश खड्का लक्ष्मी श्रेष्ठ

पर्वत

नगरपालिकाको नाम प्रमुख उपप्रमुख
कुश्मा नगरपालिका रामचन्द्र जोशी सिताकुमारी काफ्ले लामिछाने
फलेवास नगरपालिका गंगाधर तिवारी रेखा गुरुङ