स्थानीय तहको निर्वाचनः एमालेले खाता खोल्यो, काभ्रेबाट विजयी सुरुवात, डोल्पामा सिंगो प्यानल नै विजयी

Narayani-damai-Umlप्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काभ्रेबाट विजयी शुरुवात गरेका छन् ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार भएको मनोनयन दर्तासँगै एमालेले विजयी सुरुवात गरेको हो ।

एमालेले मण्डन देउपुर नगरपालिकाबाट खाता खोलेको छ । काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर २ मा एमाले उम्मेदवार नारायणी दमाई निर्विरोध चयन भएकी छन् । २ नम्बर वडामा अन्य पार्टीको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएकी हुन् ।

दलित समुदायकी नारायणी निर्विरोध भएपछि एमालेजनले ‘संविधानको उपहार, दलित समुदायमा बहार’ नारा लगाउँदै उनको प्रशंसा गरेका छन् ।

सिन्धुपाल्चोकमा पनि विजयी सुरुवात

यसैबीच सिन्धुपाल्चोक जिल्लामा पनि एमालेले विजय सुरुआत गरेको खबर प्राप्त भएको छ । स्थानीय नेताका अनुसार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ४ नम्बर वडा सदस्यमा कृष्णा कुमारी नेपाली र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १२ नम्बर वडा सदस्यमा गीता सोनाम निर्बिरोध निर्बाचित भएका छन् ।

डोल्पामा सिंगो प्यानल नै विजयी

डोल्पाको शेफोक्सुडो गाँउपालिकाको अध्यक्षमा नेकपा एमालेका टसी टुण्डुक गुरूङ निर्बिरोध निर्बाचित भएका छन् । सो गाउपालिकामा उपाध्यक्ष पदमा बाहेक अरू सबै पदहरूमा एमालेका उम्मेदवारहरू निर्बिरोध भएको भर्खरै जानकारी प्राप्त भएको छ ।

Author: Election Media

I am a learner in writing and trying my best but also not satisfied with my articles and piece. May your suggestion and this personal blog help me to write a nice piece ever. Please leave comment and feedback for me at...nawarajrai2020@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s