नेपालको चुनावमा भारतीयको उम्मेद्वारी र मताधिकार

prachandaicon

धरान, १४ बैशाख | अन्तत भारतीय चलखेलले संबिधान संसोधन हुन् लागेको खुलासा भएको आजको नागरिक अनलाइनले लेखेको छ | एउटा भारतीय अनलाइन को रिपोर्ट उद्घृत गर्दै नागरिकले लेखेको समाचारमा भनिएको छ कि संबिधान संसोधन भएपछि भारतको बिहार र उतर प्रदेशका नागरिकले पनि उमेद्वार हुन् पाउने र मतदान गर्न पाउने उल्लेख गरेका छन् | सो अनलाइनका अनुसार यो बिषयमा नेपाल सरकार र भारतीय सरकार बीच सहमति पनि भैसकेको छ |

स्मरण रहोस यहि बैसाख १० गते मधेसी मोर्चाले भारतीय राजदुतलाई भेटे पछि प्रचण्ड सरकारले संबिधान संसोधन गर्न प्रस्ताव दर्ता गरेका थिए |

भारतीय राजदुत मन्जिव सिन्हले मधेसी मोर्चालाई १० गते बोलाएर त्यहि भनेका थिए | त्यसै गरि मोर्चाको प्रमुख माग पनि त्यहि हो कि निर्वाचन अगाडी संसोधन र नागरिकता बितरण संगै फोटो सहितको मतदाता परिचय पत्र बितरण गर्नु हो | मतदाता परिचय पत्र नभई मताधिकार नहुने र भारतबाट नव प्रवेशिको मतले चुनाव जित्ने मोर्चाको सपना पुरा नहुने मधेसी मोर्चा र भारतीय पक्षको ठहर हो | यहि आधारमा भारतीय अखबार र अनलाइनले यो संसोधनको बिषय प्रमुखताका साथ् मोर्चालाई सघाई रहेका छन् |

अझ चाख लाग्दो कुरा त यो पनि छ कि एमालेले दुइ चरणमा स्थानिय निर्वाचन गर्नु पर्ने धारणा राखेको बेला प्रचण्डले एकै पटक गर्न सकिने प्रतिबध्दता जनाएका थिए | यो अडान १० गते सम्म मात्र रह्यो |

नागरिक अनलाइनको लिंक :

http://www.nagariknews.com/news/18910/

Author: Election Media

I am a learner in writing and trying my best but also not satisfied with my articles and piece. May your suggestion and this personal blog help me to write a nice piece ever. Please leave comment and feedback for me at...nawarajrai2020@gmail.com

Leave a comment