दलहरुको चुनावी खर्च: धान्न गाह्रो

Thaousand ruppees

धरान, १३ बैशाख |चुनाव प्रचारको मध्य भागमा एक्कासि सरकारले चुनाव दुइ चरणमा हुने र त्यो अगावै संबिधान संसोधन गर्ने निर्णय गरेको छ | यसलाई प्रतिष्पर्धी दलहरुले आफ्नै व्याख्या गरेका छन् | एमालेको वुझाइमा चुनाव नगराउने सरकारको खेल सम्झेको छ | कांग्रेस र माओवादी केन्द्रकै सरकार भएकोले उनीहरुले सरकारको घोशणालाइ स्वीकारेका छन् | त्यसैगरी नेमकिपा जस्ता साना दलहरु पनि चुनाव होस् भन्ने चाहना राखेका देखिन्छ | प्रतिपक्षी एमाले लगाएत दलहरु सरकारको यो कार्यलाई राष्ट्रघाती कदम भनिरहेका छन् | ति दलहरुका अनुसार जनता चुनावमा एकोहोरिएका वेला बिहार बाट काम वा अन्य शिल शिलामा आएका भारतीय नागरिकलाइ नेपालि नागरिकता दिने सु-अवसरका रुपमा माओबादि केन्द्र र कांग्रेस (सता गठबन्धन ) संबिधान संसोधन गर्न लागिरहेका छन् | प्रतिपक्षीको अर्को आरोप भनेको स्थानीय सरकारको छ | माथिल्लो सदनमा जाने संसद सदस्यको गापा पदाधिकारीको अधिकार खोस्न सरकार लागि परेको बताउछन प्रतिपक्षी हरु |

यी जे हुन् | चुनाबको आधि उधि काम सकिएको र त्यसको आर्थिक खर्च भार चाहि उल्लेख गर्न लाएक देखिन्छ | कुन दल दलले अहिले सम्म कति खर्च गरे | त्यसको हिसाब आउन अहिले नै कठिन होला तर दलहरुको कार्यक्रम हेर्दा झन्डै चुनाब बजेटको आधि खर्च सकिसकेको हुनु पर्छ | चुनावी तिब्रता हेर्दा एमालेले अरु भन्दा बढि खर्च गरेको अनुमान गर्न सकिन्छ | एक नेताका अनुसार एमालेले कुन अनुमानित बजेटको १० प्रतिशत खर्च गरिसकेको बताउछन | तर तथ्यांकले सबैको बराबारी खर्च देखाउछ | हाम्रो बिश्वस्त सुत्रका अनुसार ३० प्रतिशत खर्च भैसकेको देखिन्छ | कांग्रेसको यसकारण पनि धेरै खर्च भएको अनुमान छ कि दुइ वटा समूहले आ-आफ्नै चुनावी अभियान चलाएका छन् | माओबादि केन्द्र र एमालेको उतिकै खर्च देखिन्छ |

निर्वाचन लम्बिएको कारण आर्थिक भार अझै थपिने निश्चित छ | सरकारको घोषणा अनुसार बैसाख ३१ को निर्वाचन एक महिना सर्ने देखिन्छ | तथापि एमालेले त्यो भन्दा अगाडि नै गर्नु पर्ने जोड दिएकोले आर्थिक भार कम हुने सम्भावना पनि छ | यदि जेष्ठ ३१ मै निर्वाचन हुने हो भने सवै दलहरुको आर्थिक भार आकासिने पक्का छ | कांग्रेस धरानका एक नेता भन्छन ” खर्च थेग्नै गाह्रो- सवारी साधन, माइक, स्टेज, चियापान जस्तो सामान्य आवश्यक कुरा पनि पुरा गर्न नसकिने अबस्था आउनेछ” | त्यसै गरि एमालेका नेताहरु खर्च धान्न कठिन हुने सुनाउछन | माओवादी केन्द्रको पनि हालत त्यो भन्दा फरक नहुने धारणा सुनाउछन धरान नगरका एक सदस्य |

Advertisements

Author: Election Media

I am a learner in writing and trying my best but also not satisfied with my articles and piece. May your suggestion and this personal blog help me to write a nice piece ever. Please leave comment and feedback for me at...nawarajrai2020@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s