“सरकार गैर जिम्मेवार”: एमाले स्थाई कमिटि

UML-standing-committee-meeting

नेकपा (एमाले) स्थायी कमिटीको ६० औं बैठकको निर्णय छ:

 

१. नेकपा (एमाले) २०७४ बैशाख ३१ गतेका लागि निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने दृढ मान्यता राख्दछ । तर निर्वाचन सम्पन्न गर्न मुख्य जिम्मेवारी बहन गर्नु पर्ने सरकार भने एक पछि अर्को संविधान संशोधनको प्रस्ताव अगाडि सारेर निर्वाचनको वातावरण बिगार्ने र अन्यौल थप्ने काम गरिरहेको छ । गतः मब्सिरमा प्रस्तुत गरिएको संशोधन विधेयक विरुद्ध सशक्त जनदबाब सिर्जना भइसकेपछि र विधेयकका कतिपय प्रावधानहरू संविधानको मर्म विपरित रहेको सर्वोच्च अदालतको ठहरपछि विधेयक फिर्ता लिएर वातावरण सहज बनाउनुको सट्टा संसदमा फेरि अर्को विधेयक दर्ता गरिएको छ । असन्तुष्ट पक्षलाई रिझाउने नाममा सरकारले अगाडि बढाएको यो कदम संविधान निर्माणमा मुख्य भूमिका खेलेका नेकपा (एमाले) लगायत दलहरूसँग दूरी र द्वन्द्व बढाउने उद्देश्यले प्रेरित छ । यी कामहरू सब्क्रमणकालीन सरकारका सीमा र जिम्मेवारी विपरित छन् ।

२. संविधानको धारा २७४ का महत्वपूर्ण उपधाराहरू संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिहरूका अधिकारहरू कटौती गर्ने प्रस्तावित संशोधनका प्रावधानहरू यस अगाडिको संशोधन विधेयकभन्दा पनि बढी पश्चगामी र जनविरोधी छन् । सम्मानित अदालतको फैसला विपरित सम्बन्धित धारा नै परिवर्तन गर्न खोज्नु भनेको अनैतिक र संविधान विरुद्धको जालसाजी समेत हो । वर्तमान सरकार नेपालको संविधानको आधारभूत संरचना र हामीले स्थापित गरेको सब्घीयताको मौलिक ढाँचामाथि नै प्रहार गर्न उद्यत् छ भन्ने हाम्रो पार्टीको निष्कर्ष छ । पार्टी संविधानको आधारभूत संरचनालाई नै खल्बल्याउने, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर गर्ने तथा स्थानीय तहका अधिकारहरू कटौती गर्ने कुनै पनि प्रयाशका विपक्षमा रहेको र रहिरहने स्पष्ट पार्न चाहन्छौं ।

३. आफ्नै पूर्व–घोषणा विपरित बिना कुनै आधार र औचित्य एक महिनाको अन्तरालमा दुई चरणमा निर्वाचन गर्ने र दोस्रो चरणको मिति बर्खायाममा सार्ने सरकारको यो निर्णयले निर्वाचनलाई अन्यौलग्रस्त बनाएको छ । यस निर्णयले निर्वाचनको तयारीमा भइसकेको ठूलो धनराशीलाई व्यर्थ तुल्याउने छ र निर्वाचन खर्चमा ठूलो वृद्धि गर्नेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्नै पर्ने संवैधानिक दायित्वलाई वेवास्ता गर्दै अगाडि सारिएको यो प्रस्ताव बजेट मार्फत् नयाँ कार्यक्रम अगाडि सारेर मतदातालाई प्रभावित गर्ने दुराशयबाट प्रेरित छ । यो निर्वाचनको सर्वमान्य सिद्धान्त र निर्वाचन आचार–संहितासमेतको विरुद्ध छ । निर्धारित समयमा बजेट प्रस्तुत गरेर मुलुकको आर्थिक विकासको व्यवस्थित पद्धति बसाल्न संविधानमै गरिएको यो व्यवस्थालाई कमजोर गर्ने कुनै पनि कदम नेकपा (एमाले) लाई मान्य नहुने स्पष्ट पार्न चाहन्छौं ।

Advertisements

Author: Election Media

I am a learner in writing and trying my best but also not satisfied with my articles and piece. May your suggestion and this personal blog help me to write a nice piece ever. Please leave comment and feedback for me at...nawarajrai2020@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s